सिन्धुली, २१ फागुन — जिल्ला प्रशासन कार्यालय सिन्धुलीले होली नखेल्न सर्वसाधारणलाई आग्रह गरेको छ । विश्वभर म’हामारीका रुपमा फैलिएको को’रोना भा’इरसबाट नेपाल उच्च जो’खिममा रहेको भनि को’रोनाबाट जोगिन भन्दै प्रशासनले ठुलो संख्यामा होली नखेल्न तथा भिडभाडमा नजान, भेला, सभा, सम्मेलन नगर्न आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकिय अधिकृत उपेन्द्र न्यौपानेले बुधबार एक सूचना जारी गर्दै को’रोना भा’इरस रोकथाम र जो’खिमबाट बच्न मर्यादित र सभ्य तरीकाले होली मनाउन आग्रह गर्नु भएको छ । होलीका बहानामा अ’भद्र व्यवहार नगर्न, कसैको इच्छा विपरित रंग र लोला नहान्न प्रशासनले जिल्लाबासीलाई आग्रह गरेको छ । होली पर्व अमर्यादित र अभद्र रुपमा खेलेमा कानुन अनुसार कार्वाही गर्ने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बुधवार नै अर्को सूचना निकालेर विभिन्न प्रकारका उत्सव, मेला, जात्रा, पर्व, ठुला सभा समारोह नगर्न, होली लगायतका पर्वमा भेला नहुन, त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन सबैलाई अनुरोध गरेको छ । को’रोना भा’इरसको सं’क्रमण र त्रास बढ्दै गएकोले मानिसको धेरे भिडभाड हुने मेला, महोत्सव लगाएतका कार्यक्रम नगर्न स्थानिय प्रशासनले आग्रह गरेको हो ।