काठमाडौं, ४ फागुन – ब लात्कार प्रयासको आरोपमा पु र्पक्षका लागि थु नामा रहनु भएका पूर्वसभामुख कृष्णबहादुर महराको आज सु नुवाइ हुँदैछ । डिल्लीबजार का रागारमा रहनु भएका महरा प क्षका अधिवक्ताहरूले ब हस गरिरहनु भएको छ ।
सरकारी अधिवक्ताहरूको बहस भने सकिएको छ । जिल्ला अ दालत काठमाडौंमा महरा प क्षका अधिवक्ताहरूले बहस गरिसकेपछि सु नुवाइ हुने अदालतले जनाएको छ । संभवतः आजै फैसला हुन सक्ने बताइएको छ ।
अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले सम्भवतः आइतबारै फै सला आउने बताउनु भयो । उहाँले भन्नु भयो, “ब हस सकिए आजै फै सला आउँछ ।”
यसअघि ३ पुसमा महरालाई थु नामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालत पनि स दर गरेको थियो । तर, उहाँको मु द्दा एक महिनाभित्र कि नारा लगाउन भनेको थियो ।
संसद सचिवालयकै कर्मचारीलाई ब लात्कार प्रयास गरेको आरोपमा १९ असोजमा प क्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पु र्पक्षका लागि थु नामा पठाएको छ । महरालाई १८ कात्तिकमा डिल्लीबजार का रागार च लान गरिएको थियो ।
पुर्पक्षका लागि थु नामा राख्ने जिल्लाको आदेश विरुद्ध महरा ५ मंसिरमा उच्च अदालत जानु भएको थियो ।
यस्तो थियो घटना
प्रतिनिधिसभाका तत्कालीन सभामुख महरामाथि १२ असोजको साँझ संसद् सचिवालयकी एक महिला कर्मचारीलाई ब लात्कारको प्र यास गरेको आ रोप लागेको थियो । आफूले प्र तिवाद गर्दा कु टपिट गरेको दाबी गर्दै उहाँले प्रहरी कन्ट्रोलको १०० मा फोन गरेर गु हार माग्नु भएको पनि थियो । उहाँको फोनका आधारमा महानगरीय प्रहरी वृत्त, बानेश्वरको टोली उहाँको कोठामा पुगेको थियो ।
त्यसको भोलिपल्ट यो घ टना बाहिर आयो । तर, महरा र उहाँको सचिवालयले भने आ रोप अस्वीकार गरेको थियो । त्यसवेला महराले कर्मचारी समायोजनमा परेपछि आफूमाथि रि स पोखिएको दाबी गर्नु भएको थियो ।
तर महरा र पीडित महिलाको कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज लगायतको विश्लेषणबाट प्रहरीले महरा त्यो दिन सुविधानगरस्थित महिलाको घरमा पुगेको निष्कर्ष निकालेको थियो ।
१४ गते बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले उहाँलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको थियो । लगतै महराले सभामुख पदबाट राजीनामा दिनु भयो । यद्यपि सांसद पदबाट भने रा जीनामा दिनु भएन ।
उहाँको राजीनामा आएको केहीबेरमा पी डित महिलाको नयाँ भिडियो सार्वजनिक भयो, जसमा बोली फेर्दै उहाँले महरा आफ्नो कोठामा आउँदै नआएको दाबी गर्नु भयो । जिल्ला अदालत, काठमाडौंमा पनि पी डित भनिएको महिलाले ब लात्कार नभएको दाबी गर्नु भएको थियो ।
तर, उपलब्ध प्रमाणका आधारमा महरालाई कसूरदार होइनन् भनी मान्न नसकिने भन्दै पु र्पक्षका लागि थु नामा पठाउने आदेश भएको थियो । त्यसयता उहाँ डिल्लीबजार कारागारमा स जाय भु क्तान गरिरहनु भएको छ ।