काठमाडौँ, १९ माघ– सत्तारुढ दल नेकपाकै सांसदले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा मागेका छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा आइतबार भएको छलफलमा नेकपा सांसद सुदन किँरातीले “सरकारका प्रवक्ताले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) जुनसुकै हालतमा पास हुन्छ । चाह्यो भन्नुभयोअमेरिकाले सुलेमानी बनाईदिन्छ यो देशका नेताहरुलाई भन्ने अभिव्यक्ति आपत्तिजनक छ’, उहाँले भन्नु भयो । राष्ट्रियता स्वाधिनतामाथि आफ्नै सरकारका प्रवक्ता ग्रहण लगाउन खोजेको उहाँको आरोप छ । सञ्चारमन्त्रीको अभिव्यक्ति लेण्डुपदोर्जे प्रवृत्तिको भएको भन्दै उहाँले आपत्ति समेत जनाउनु भयो । “लेण्डुप जोर्दे प्रवृत्ति आत्मसमर्पण प्रवृतिको विरुद्धमा आपत्ति प्रकट गर्न चाहान्छु र उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । यो विषयमा समिति र सबैको ध्यानाकर्षण गर्न चाहान्छु, उहाँले भन्नुभयो ।
प्रवक्ता बास्कोटाले एमसीसीको विषयमा गत बिहीबार गलत हल्ला फैलाइएको बताउनु भयोँदै भन्नु भएको थियो, “अमेरिकाले चाह्यो भन्नुभयोजुनसुकै कुनामा पनि क्षेप्यास्त्र प्रहार गर्न सक्छ । नेपालमा बेस क्याम्प राख्नुपर्ने अवश्यकता पर्दैन् । अस्ति इरानमा देख्नुभएन कसलाई हानेको ?”
सांसद भीम रावलले एमसीसीको विषयलाई धेरैले प्रतिष्ठाको विषय बनाएर राष्ट्रहित र स्वार्थभन्दा नीजि धारणा राख्ने गरेको बताउनु भयो । राष्ट्रिय हितमा हुनेगरी अगाडी बढ्नुपर्ने उल्लेख गर्दै रावलले समितिमा गहन अध्ययनको आवश्यकता औंल्याउनु भयो ।
अर्का सांसद नारदमूनी रानाले चीनमा कोरोना र नेपाल एमसीसीको विषयमा निकै भाइरल भएको बताउनु भयो । संसदमा समेत दुईथरी अतिवादी विचारहरु सार्वजनिक भइरहेको उहाँको भनाई छ । “एउटा जसरी पनि पारित हुनै पर्छ भन्ने र अर्को पारित हुनुहुँदैन भन्ने अतिवादी शक्तिहरु संसदमा जुहारी खेलिरहेका छन् । राष्ट्रहितमा कसरी लान सकिन्छ । तपाई (सभामुख) को नेतृत्वमा यसले प्राथमिकता पावस’, उहाँले भन्नुभयो ।
समिति सभापति पवित्रा निरौला खरेलले एमसीसीको विषयमा एकतावद्ध भएर अगाडी बढ्नुपर्ने बताउनु भयो । गम्भिरतापूर्वक छलफल गरी राष्ट्रलाई घात नहुने किसिमले एकतावद्ध भएर पास गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।“ पास गर्दा पनि एकतावद्ध गर्नुपर्छ । पास गर्न सकिन्न भनेपनि एकवतावद्ध नै हुनुपर्छ । मत विभाजन गरेर विभाजित हुनुहुँदैन ”, उहाँले भन्नुभयो।
एमसीसीका विषयमा सत्तारुढ दलभित्र पारित गर्नुपर्ने र गर्न नहुने विचारहरु व्यक्त भइरहेका छन । जारी नेकपाको केन्द्रीय कमिटी बैठकमा समेत यो विषयले प्रवेश पाएको छ । बैठकमा एमसीसीका विषयमा अध्ययन गर्न समिति गठन गर्नुपर्ने र पार्टीका सबै नेताहरुको धारणा एउटै हुनुपर्ने आवाज उठेको छ । प्रधानमन्त्री ओलीले हिउँदे अधिवेशनबाट नै एमसीसी अनुमोदन गराउनुपर्ने धारणा राख्दै आउनु भएको छ ।समिति बैठकले विश्व सम्पदा सूचीमा सूचिकृत सांस्कृति क्षेत्र अध्ययन अनुगमन उपसमितिको म्याद पनि २ महिना थप गरेको छ ।