काठमाडौं, १४ माघ - सोमबार साँझ अबेर बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले गत पुष ११ गते पार्टी सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा गरेको १४ औं महाधिवेशनको निर्णय मिति संशोधनसहित पारित गर्यो । भित्र बैठक चलिरहँदा बाहिर भने पार्टीको भातृ संगठन नेपाल विद्यार्थीसंघका विद्यार्थीबीच झ डप भइरहेको थियो ।
३२ वर्षे उमेर हद लागु गर्न माग गर्दै कार्यालयमा रिले अनशनलाई आमरण अनशनमा परिणत गरेका कृष्णप्रसाद सिटौला र सभापति देउवा निकट विद्यार्थीबीच बाहिर झ डप भएको हो ।

विधानअनुसार नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लागु गर्न माग गर्दै कृष्णप्रसाद सिटौला निकट विद्यार्थी पार्टी कार्यालय सानेपामा केही समयदेखि रिले अ नशनमा थिए । उनीहरुले पटकपटक नेताहरुलाई आफ्नो मागको ध्यानाकर्षण पनि गरे ।
माग पूरा गराउन गगन थापादेखि पार्टीसभापति देउवाको नेविसंघमा हुँदाको उमेरको इतिहास सम्झाउन पनि खोजे । पटकपटक नेविसंघका पूर्व अध्यक्षहरुको उमेरसहितका फोटो उनीहरुलाई देखाए । तर, कसैले सुनेनन् । उनीहरुले सभापति देउवालाई यसभन्दा अगाडि चैत ४ गते पनि पार्टी कार्यालयमा छिर्न खोज्दा घे राबन्दी गरेका थिए । त्यसबेला पनि सभापति देउवा विद्यार्थीमाथि एकदमै रि साएका थिए ।

आफूलाई विद्यार्थीले घेरेपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई ह प्काउँदै, ‘के हेरेर बसेको ? पुलिस बोलाएर यिनीहरुलाई ल खट्नुपर्दैन?’ देउवाले त्यस दिन भनेका थिए ।
गत पुष १० गते तीनवटै गुट (शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला) बीच पार्टीको सम्पूर्ण विवाद भागबन्डामा टुङ्गिएको थियो । स्रोतका अनुसार नेविसंघलगायत सबै विवाद भागबन्डामा टुङ्गिएपछि उमेर हद लागू गर्न माग गर्दै आएका विद्यार्थीको नेतृत्व गर्ने कुन्दनराज काफ्लेलाई कृष्णप्रसाद सिटौलाले बोलाएर देउवासँग भएको निर्णयबारे जानकारी गराएका थिए ।

तर, आ न्दोलनरत विद्यार्थीहरुले शीर्ष नेताहरुको कोठे सहमति आफूहरुलाई मान्य नहुने सिटौलालाई जवाफ फर्काएका थिए । यद्यपि, सिटौलाले भने सहमतिबारे जानकारी गराए पनि विद्यार्थीको वि रोधबारे प्रतिक्रिया नजनाएको आन्दोलनरत विद्यार्थीले बताए ।
पूर्वनिर्धारित केन्द्रीय कार्यसमिति बैठक अघि नै अनशनरत विद्यार्थीले पनि सभापति देउवालाई जोडदार रुपमा ध्यानाकर्षण गराउने योजना बनाएका थिए । सोमबारको बैठक १ बजेका लागि डाकिएको थियो । सभापतिबाहेक अधिकांश नेता २ बजे पार्टी कार्यालय प्रवेश गरिसकेका थिए ।

अ सन्तुष्ट विद्यार्थीहरुले सकेजति नेताहरुलाई आफ्ना मागबारे ध्यानाकर्षण गराउन खोजे । जब सभापति देउवा पार्टी कार्यालय प्रवेश गरे, अ नशनरत विद्यार्थीको आवाज झन चर्किन थाल्यो । पूर्वनिर्धारित कार्यक्रमअनुसार उनीहरुले देउवालाई घेर्न खोजे ।
तर, दलबलसहित पार्टी कार्यालय पुगेका देउवा निकट विद्यार्थीका सामू उनीहरुको केही लागेन । सभापतिलाई ध्यानकर्षण गराउन खोजेपछि देउवानिकट विद्यार्थी पनि प्र तिकारमा उत्रिए । अनि, सुरु भयो पहिलो चरणको हा नाहा नको अवस्था ।

एकछिनको झडपपछि प्रहरीले दुवै पक्षलाई छुट्यायो । दोहोरो झ डपबाट सिटौला निकट अ नशनरत विद्यार्थी कमल पन्त (ताहचल क्याम्पस), लक्ष्मी बाेगटी (अछाम ) गम्भीर घा इते भएका छन् । झडपबाट सराेज थापा (एनसी आइटी कलेज एकाई सभापति), आकाश रेग्मी (एनसी आइटी कलेज सचिव) भने सामान्य घा इते भएका छन् ।
देउवा निकट विद्यार्थी पनि झ डपबाट सामान्य घा इते भएका छन् । सिटौलाको तुलनामा देउवाका विद्यार्थी थोरै घा इते छन् । किनकी सिटौलाका भन्दा देउवाका विद्यार्थी ४ गुणाले बढी थिए । घा इते विद्यार्थीको स्टार हस्पिटलमा उपचार भइरहेको छ ।
पहिलो चरणको झ डपपछि नेताहरु पनि आन्तरिक छलफलमा भित्र जुटे । बाहिर पनि माहोल शान्त बन्यो । साँझ ५ बजे भित्र नेताहरुबीच १४ औं महाधिवेशनको मितिबाहेक कार्यतालिका संशोधन गर्ने सहमति भएपछि केन्द्रीय कार्यसमिति बैठक बस्ने निर्णय भयो । त्यसैअनुसार बैठक पनि बस्यो ।

तदर्थ समिति गठन घोषणाको स्वागत र वि रोधको पर्खाइमा बसेका विद्यार्थीबीच फेरी दोस्रो चरणको झ पड सुरु भयो । बैठक सुरु भएको ५ मिनेट मात्र भएको थियो । दुई समूहका विद्यार्थीबीच हा नाहा नको स्थिति सिर्जना भइरहेको थियो ।
नेताहरु भने बैठक छोडेर झ्यालबाट विद्यार्थीको रमिता हेरिरहेका थिए । केही नेताले त भिडियो खिच्न समेत भ्याए । झडप यतिसम्म उत्कर्षमा पुगेको थियो कि सिटौला पक्षका विद्यार्थीलाई प्रहरीले प्रवक्ता विश्वप्रकाश शर्माको कोठामा लगेर र क्षाका लागि थुनेका थिए ।
देउवा निकट विद्यार्थी भने अनशनको नाममा नेविसंघ संस्थाकै ब दनाम गराएको भन्दै खोजीखोजी ब दला लिन खोजिरहेका थिए । विद्यार्थीको झ डपकै बीच बैठक पनि सकियो ।

विद्यार्थीले नेताहरुको गाडीमा पनि ढु ङ्गा हाने । प्रहरीले नेताहरुलाई पछाडिको ढोकाबाट बाहिर निकाले । नेता सबै बाहिएपछि उनीहरु पनि आ-आफ्नो बाटो लागे ।
सभापति देउवाले गुन्डा लगाएर हामीलाई कु टे : काफ्ले
झडप साम्य भएपछि रिलेअनशनलाई आमरण अनशनमा परिणत गर्न भूमिका खेल्ने नेविसंघका नेता कुन्दनराज काफ्लेले पार्टी सभापति शेरबहादुर देउवाले आफूहरुलाई गु न्डा लगाएर पिटेको आरोप लगाए । ‘हामीले सभापति देउवालाई हाम्रो मागको ध्यानाकर्षण गराउँदै थियौं । सभापति देउवा निकटका चुल्ठे, मुन्द्रे र गु न्डाले हाम्रो सभापतिलाई प्रश्न सोध्ने भन्दै हामीमाथि हा तपात गरे । यो सम्पूर्ण काम देउवाको हो । यसको छानविन हुनुपर्छ,’ काफ्लेले भने ।
उनले पार्टी नेतृत्वले ३२ वर्षमाथिको व्यक्तिलाई नेविसंघको तदर्थ समितिमा ल्याइए देशैभरी आ मरण अ नशन बस्ने पनि बताए । ‘नेविसंघमा भागबन्डा गरेर हुँदैन,’ उनले थपे, ‘यदि पार्टी नेताले ३२ वर्षमाथिको नेतालाई नेविसंघमा ल्याउँछ भने हामी देशैभरी आमरण अनशनमा बस्छौं ।’
भागबन्डा गर्ने निर्णय नमान्ने
शेरबहादुर देउवा निकटका विद्यार्थी नेतृत्वको रक्षासहित नेविसंघको तदर्थ समिति गठनको घोषणाको आशामा सानेपा पुगेका थिए । नेविसंघमा नयाँ नेतृत्व आजै आउने उनीहरुको आशा थियो । तर, सभापति देउवा पार्टी कार्यालय पुगेपछि भने उनीहरुको आशा म रिसकेको थियो ।
आफ्नै सभापतिमाथि घेराबन्दी गर्न खोजेपछि उनीहरु आ क्रोशित थिए । देउवा निकट विद्यार्थीको एउटै निष्कर्ष थियो, ‘नेतृत्वले भागबन्डा गरेर सबै कुरा टुङ्गगाएपछि वि वाद गर्न आवश्यक छैन, सिटौला र पौडेल निकटका विद्यार्थीले पनि नेविसंघमा देउवाले जो मान्छे ल्याउँछ त्यही स्वीकार्नुपर्छ ।’
भा गबन्डामा नेतृत्वले पार्टी विवाद टुङ्गाएपछि पनि सिटौला र पौडेल समूहका नेताहरुले नेविसंघलाई बदनाम गराउन लागिपरेको देउवा निकट नेविसंघका नेता विकास केसीले बताए ।
‘यहाँ उपस्थित २ सय देखि ३ सय विद्यार्थी नेविसंघको नयाँ नेतृत्वको पर्खाइमा छन्, नेताहरुबीच सहमतिका साथ विवाद पनि टुङ्गिसक्यो । भागबन्डा पनि उनीहरुले भनेअनुसार भइसक्यो । उनीहरुले (सिटौला र पौडेल) समुहका विद्यार्थीले पार्टी नेतृत्वको निर्णय मान्नुपर्दैन?’ केसीले प्रश्न गरे ।
अनशनको नाममा नेविसंघलाई बदनाम गराउन लागिपरेको उनले आरोप पनि लगाए । ‘हामीले उनीहरु यतिसम्म गिरेका छन् भन्ने सोचेका पनि थिएनौं,’ उनले थपे, ‘नेविसंघको झन्डा बोकेर उनीहरुले हामी सबैलाई बदनाम गराउन मिल्दैन ।’
झडपको छानबिन हुने
सोमबार पार्टी कार्यालयमा विद्यार्थीबीच भएको सम्पू्र्ण झ डपको नेताहरु जानकार छन् । बैठकपछि पार्टीका नेता धनराज गुरुले झडप गर्ने विद्यार्थीमाथि छानबिन हुने बताए । ‘लोकतान्त्रिक पार्टीमा विचार र बहस हुन्छ । तर, पार्टी कार्यालयमा आएर ढुङ्गा मुडा गर्ने अधिकार कसैलाई हुँदैन । यसबाट हामी सबै दुखित छौं । म अनुशासन समितिको सदस्य समेत हुँ । आजको सम्पूर्ण घ टनाको छानबिन हुन्छ । यो पक्ष र उ पक्ष भन्न हुँदैन । हामी कारबाही गर्छौ,’ नेता गुरुङले भने ।