काठमाडौँ १३,माघ–– केन्द्रीय समिति बैठकमा भाग लिन पार्टी कार्यालय पुगेका नेपाली काँग्रेस केन्द्रीय सदस्यहरुकै भागाभाग भएको छ ।
सोमबार केन्द्रीय समिति बैठकलाई दबाब दिन भेला भएका संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर विद्यार्थीबीच झ’डप हुँदा नेताहरुबीच नै भा’गदौ’ड मच्चिएको हो ।

दिउँसो भएको झ’डप केही साम्य भए पनि बेलुका चौथो तलमा केन्द्रीय समितिको बैठक सुरु भएसँगै विद्यार्थीबीच हा’नाहा’न सुरु भएको थियो । दिउँसो १ बजे बोलाइएको बैठक बेलुका ५ बजे मात्र सुरु भएको एक केन्द्रीय सदस्यले जानकारी दिनु भयो ।

बैठक सकेर निस्कने क्रममा विद्यार्थी नेताहरुले अर्कोपक्षका नेताहरुमाथि नै ढुं’गामु’ढा गरेको एक केन्द्रीय सदस्यले जानकारी दिनु भयो ।

बैठकपछि घर जान लागेका ती सदस्यले भन्नु भयो, “पार्टी कार्यालयबाट बल्ल बल्ल बाहिर निस्किएँ । झ’डपले गर्दा ज्या’न जोगाउनै धौधौ पर्यो । प्रहरीको सहयोगमा बाहिर निस्केर गाडीमा चढेपछि कुरा गर्दै छु ।’

दिउँसो भएको झ’डपबाट सिटौला पक्षका विद्यार्थी नेता कुन्दनराज काफ्ने र प्रकाश पन्थ घा’इते हुनु भएको थियो । बेलुका भएको झ’डपमा कति जना को–को घा’इते भए भन्ने विवरण अँध्यारोका कारण थाहा हुन नसकेको सहभागी एक विद्यार्थीले जानकारी दिनु भयो ।