बिहिवार, कार्तिक १९ गते २०८३

Thursday 5th November 2026

अग्नि सापकोटालाई प’क्राउ गर्न माग

शुक्रवार , माघ १०, २०७६

काठमाडौं, १० माघ – सर्वोच्च अदालतमा नेपाल कम्युनिष्ट पार्टीले सभामुखको उमेदवार बनाएका अग्नि सापकोटाविरुद्ध रिट दायर गरिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज सापकोटाविरुद्ध रिट दायर गरेका हो । अधिवक्ता त्रिपाठीले सापकोटालाई तत्काल प’क्राउ गरी उहाँमाथि अनुसन्धान थाल्न माग गर्नु भएको छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले सभामुख निर्वाचनको सबै प्रक्रिया तत्काल रोक्न माग गर्नु भएको छ । सापकोटालाई गि’रफ्तार गरेर अनुसन्धान थाल्न पनि उहाँकोे माग छ ।

त्रिपाठीले हालेको रिटमा सापकोटालाई लामो समयसम्म प’क्राउ नगर्ने प्रहरीहरुलाई पनि कार्वाही गर्न माग गर्नु भएको छ । सापकोटा माथिको अनुसन्धानका लािग विशेष कार्यदल बनाउन पनि रिटमा उल्लेख गरिएको त्रिपाठीले बताउउनु भयो ।

काभ्रेका अर्जुन लामा ह’त्या अभियोगमा सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मु’द्दा विचाराधीन छ । अदालतमा मु’द्दा विचाराधीन रहेकै समयमा सत्तारुढ नेकपाले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो ।

विपक्षी नेपाली काँग्रेसलेसमेत सापकोटालाई सभामुख बनाउन समर्थन गर्दै उम्मेदवारी दिएको छैन ।

प्रतिक्रिया