शुक्रबार राति साढे ८ बजे सिन्धुलीको गलन्जोर गाउँपालिकामा गाढीले ठक्कर दिदाँ एकजनाको मृत्यु भएको छ । गोन्जोर गाउँपालिका वडा नं ६ देउरालिटारमा पुर्वाधार विकास कार्यालय रामेछापको प्रदेश ३ ०१ ००२ झ ४६९९ नं को गाडीले ठक्कर दिदा शिव वहादुर कार्कीको मृत्यु भएको हो ।
देउरालीटार स्थित मध्यपहाडी लोकमार्गमा हलेसीबाट काठमाण्डौ तर्फ जादै गरेको ना १ज ६९८५ नम्बर को सुमो अचानक सिलिप खाएको र सुमो रोकी केकसरी सिलिप खाएको भनि हेर्न जाने क्रममा सोही दिशाबाट आउदै गरेको गाडीले ठक्कर दिदा रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं. ७ सुकाजोर बस्ने वर्ष ५० वर्षिया सुमो चालक कार्कीको मृत्यु भएको हो । उहाँको उपचारको क्रममा शुभजिवन अस्पताल खुर्कोटमा मृत्यु भएको थियो ।
त्यसैगरि, सुमोमा सवार जिल्ला सिन्धुपाल्चोक पाँचपोखरी गाउपालिका वडा नं. २ बस्ने कमल खड्काको बाँया कम्मर र गालामा चोट लागेको छ । उहाँको अबस्था भने मध्यम सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । उहाँको उपचार पश्चात नर्भिक अस्पताल काठमाणण्डौको आइसियु कक्षमा राखि उपचार भैरहेको छ।