बिहिवार, कार्तिक १९ गते २०८३

Thursday 5th November 2026

प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमा प्रश्न

बिहिवार , मंसिर ५, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले लामो चर्चाबीच बुधवार मन्त्रिपरिषदका सदस्यहरु हेरफेर गर्नु भएको छ । मन्त्रिमण्डल पुनर्गठनमा अटाएका ९ नयाँ मन्त्री तथा राज्यमन्त्रीको बिहीबार सपथग्रहण हुँदैछ ।

तर,सामाजिक सञ्जाल प्रयोगकर्ताले श्रममन्त्री गोकर्ण विष्टलाई मन्त्रीबाट हटाइएकोमा असन्तुष्टि जनाएका छन् । भने, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी वीना मगरको निरन्तरतामा प्रश्न गरेका छन् । केही सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बास्कोटाको निरन्तरताको अर्थ खाजेका छन् ।

कसले के लेखे?

ट्वीटरमा सुफल काफ्लेले लेख्नु भएको छ, “वीना मगर राम्रो काम गरेकाले यथावत् राख्ने । गोकर्ण विष्टले नराम्रो गरेकाले हटाउने । थाहा भयो सरकारले किन काम गर्न सकेको रैनछ ।”

यस्तै ट्वीटरमा आमोद सुवेदीले प्रश्न गर्नु भएको छ, “ श्रममन्त्री गोकर्णज्यूलाई हटाउनु नै पर्ने कारण चाहिँ के परेछ ?”

ट्वीटरमै अमृत दुलालले लेख्नु भएको छ, “सरकारको मूल्याङ्कनमा गोकर्ण बिष्टलाई असफल मन्त्री, वीना मगरलाई सफल मन्त्री ।”

यस्तै फेसबुकमा कमल गौतमले लेख्नु भएको छ,“लालबाबु गोकर्ण विष्टलाई अयोग्य देख्ने सरकारको आँखाले गोकुल बास्कोटा राम्रो देखेछ ।”

फेसबुकमै दीप मिलनले विष्टलाई हटाइएकोमा असन्तुष्टि जनाउँदै लेख्नु भएको छ, “गोकर्ण विष्ट असफल भएको मन्त्री मण्डलमा बिना मगर, पद्मा अर्याल र उपेन्द्र यादवहरू सफल भएछन् । हार्दिक बधाई यी सफलहरूलाई ।”

देवेन्द्र ढकालले फेसबुकमा पात्रभन्दा प्रवृत्ति फेर्न सुझाव दिनु भएको छ । उहाँले लेख्नु भएको छ, “कुनै बेला मन्त्री गोकर्ण विष्टको कार्यकुशलता, जनताको स्यावासी र मातृका यादव जस्ता हाक्की र निडर मन्त्री आज कता ! कता कहाँ अलमलमा परे खै !! यी र यस्ता उदाहरण धेरै छन् । फेरि पात्र फेरिँदैमा कायापलट हुन्छ भन्ने छैन तर पनि आशा र भरोसा गर्नुको विकल्प बाहेक के नै रह्यो र ? पात्रभन्दा प्रवृत्ति परिवर्तन होस् तबमात्र विकास र निकास निस्कन्छ कि?”

सम्बन्धित विषय:

प्रतिक्रिया