बिहिवार, कार्तिक १९ गते २०८३

Thursday 5th November 2026

मन्त्रीहरुलाई प्रधानमन्त्रीको कन्भिन्स, भोली सार्वजनिक कार्यक्रममा नजान आग्रह

मंगलवार , मंसिर ३, २०७६

मन्त्रिपरिषद् पुनर्गठनको तयारी सकिसकेको प्रधानमन्त्री केपी शर्मा ओलीले संकेत गर्नुभएको छ । उहाँले मन्त्रीहरुलाई मन्त्री हेरफेरको विषयमा जानकारी गराउनु भएको थियो । प्रधानमन्त्रीले मन्त्रीहरुलाई कन्भिन्स गर्दै मन्त्री हेरफेर गर्दा कसैले पनि अन्यथा नलिन आग्रह गरेका छन् । उनले भने, ‘कोही दोहोरिनु होला, कोही बाहिरिनु होला । अन्यथा नलिनुहोला ।’ उहाँले मन्त्रीपरिषद पुनर्गठन गर्दाको चुनौति पनि बताउनु भएको थियो । नयाँलाई अवसर दिनुपर्ने र मन्त्रिपरिषद् पुनर्गठन गर्न बाहिरबाट पनि दबाव रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीले ओलीले मन्त्रीहरुलाई भोली (बुधबार) सार्वजनिक कार्यक्रममा समेत नजान आग्रह गरेका थिए ।

प्रतिक्रिया