बिहिवार, मंसिर ३ गते २०८३

Thursday 19th November 2026

आजको राशिफल

आज २०८३ साल कात्तिक ३० गते सोमबार यस्तो छ तपाईको राशिफल

सोमवार , कार्तिक ३०, २०८३

आज बिस २०८३  कात्तिक ३० गते सोमबार ईस २०२६ नोभेम्बर १६ नेपाल सम्बत ११४७ कछलाथ्व सप्तमी- ७, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक शुक्ल पक्ष सप्तमी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, गण्ड योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर २५ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १२ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ ।

♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :-  आज  फुर्सदको समयमा सामाजिक काम गर्ने वातावरण बन्ने तथा मानसम्मान, इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । खाद्यान्न, निर्माण सामाग्री, अटोपार्टसको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । विवादित विषयहरू हल भएर जाने तथा पुराना समस्याहरू केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । धार्मिक कार्यमा सहभागी भई प्रसाद तथा ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

♉ वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):- आज खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक उपलब्धि हासिल हुनेछ । पढाइ लेखाइकै सिलसिलामा लामो तथा छोटो दुरीको यात्रा हुनेछ । स्वास्थ्य सबल हुनाले पुरुषार्थी काम गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा पति पत्नी बिच अझ विश्वास बढेर जानेछ । नाफामूखी व्यापार भन्दा सेवामुखी व्यापार व्यवसाय फस्टाएर जानेछ । खाद्यान्न तथा निर्माण सामाग्रीको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):-    आज  शरीर कमजोर हुनाले दैनिक कामहरू प्रभावित हुनेछन् । व्यवसायमा लगानी गरिहाल्ने समय नरहेकोले केहि समय कुर्नु नै राम्रो होला । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । बाध्यतामा तथा अरूकै काममा समय व्यातित हुँदा मन खिन्न हुनेछ । सानो उपलब्धिमा दिन व्यातित हुने सम्भावना रहेको छ ख्याल गर्नुहोला । तर पनि माया प्रेमको गाँठो कसिलो हुनेछ । धर्म कर्म तथा पूजामा सहभागी भई प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):-   आज जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ । निर्माण सामाग्री तथा खाद्यान्नको व्यापार फस्टाएर जाने हुनाले दैनिकी सुदृढ हुनेछ । लामो दुरीको यात्राको प्रशस्त सम्भावना रहेको छ ।  प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । घुमफिर तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । तपाईँको मन धर्म कर्म, पूजापाठ तथा आध्यात्मिक गतिविधितर्फ आकर्षित हुनेछ ।

♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):-     आज प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् । व्यापार तथा औद्योगिक क्षेत्रको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा शत्रुबाट छुट्करा पाइने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ । यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।  

♍ कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):-      आज बौद्धिकताको प्रयोग गरी आफ्नो क्षमतालाई निखार्ने अवसर प्राप्त हुनेछ । मन परेको मानिसबाट छोटो दुरीको यात्राको अफर आउने तथा उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा सन्तानबाट तपाईँले सुरु गरेको काममा सहयोग तथा समर्थन पाइनेछ । वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे लाभ लिन सकिनेछ । राम्रा तथा सुखद समाचार सुन्न पाउँदा मन प्रसन्न हुनेछ । धार्मिक स्थलको भ्रमण गर्ने अवसर मिल्नेछ ।

♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):-   आज माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाब उत्पन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरे पनि पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ । तर पनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । पूजापाठ तथा आध्यात्मिक गतिविधितर्फ आकर्षित हुनेछ । धार्मिक स्थलको भ्रमण गर्ने अवसर मिल्नेछ ।

♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):-  आज आट, साहस तथा पराक्रम वृद्धि भएर जाने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । लेखन कला तथा साहित्यमा बाकी रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउने चाहनेहरुलाई लागी समय उत्तम रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । धार्मिक कार्यमा सहभागी भई टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ ।

♐ धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):-आज पारिवारिक माहोलमा समय बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । घरायसी व्यापारमा समय व्यातित हुने तथा लगानी गरी मनग्गे धन आर्जन गर्न  सकिनेछ  । आफन्त तथा कुटुम्बको सहयोग पाइनाले कामहरू तीव्र गतिमा अगाडी बढाउन सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ ।

♑ मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि):- आज नयाँ प्रविधि तथा सामाजिक सञ्जालको प्रयोग मार्फत बौद्धिक स्तर फराकिलो बनाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । भौतिक सम्पत्तिको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित पार्न सकिनेछ । व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । मन पर्ने वस्त्र तथा अलङ्कार उपहार पाइनेछ । तपाईँको मन धर्म कर्म, पूजापाठ तथा आध्यात्मिक गतिविधितर्फ आकर्षित हुनेछ ।

♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):- आज समयको गतिसँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । तयारी बिना नै महत्त्वपूर्ण काम सुरु गर्दा बिग्रनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका आजको दिन टाढै रहनु उपयुक्त हुनेछ भने घर परिवारमा आफन्तसँग मानमुटाब सिर्जना हुनेछ । तर पनि विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायमा अरुदिन भन्दा बढी समय खर्चिनु पर्नेछ । धार्मिक स्थलको भ्रमण गर्ने अवसर मिल्नेछ भने टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):- आज पैतृक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका इच्छा आकाङ्क्षाहरू पुरा गर्न सकिनेछ । वित्तीय क्षेत्रसँग सम्बन्धित व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा भेटघाटलाई कम गर्नु नै राम्रो रहनेछ । धार्मिक कार्यमा सहभागी भई प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

🙏 राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्। “अवसर आफैं आउँदैन, सही समयमा सही कदम चाल्ने व्यक्तिले अवसर सिर्जना गर्छ।”
तपाईँको दिन शुभ रहोस् ।


प्रतिक्रिया