शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नेपाली नयाँ जनवादी क्रान्तिको समस्याहरू

आइतवार , श्रावण २५, २०८२

मलाई लाग्छ मार्क्सवादी मात्र सत्य कुरा बोल्नसक्छन् । बस्तुगत आधारमा अध्ययन, विश्लेषण र निश्कर्षमा पुग्ने हुनाले सहि बाटो पहिल्याउछन् । निर्णयहरू व्यवहारका लागि हुनाले सँधै स्वभावतः आन्दोलित हुन्छन् । त्यसैले मार्क्सवादीले भन्ने गरेको कम्युनिस्ट आन्दोलन हो । कम्युनिस्ट ठोस परिस्थितिको ठोठ विश्लेषण गर्दै अघि बढ्छन् ।

मार्क्सवादीहरूको अर्थात कम्युनिस्ट पार्टी सर्वहारा वर्गको बिचार भएकाहरूको केन्द्रीकृत सचेत दस्ता हो । यो पार्टी वा अग्रदस्ताले लिने निर्णयलाई सचेत पहल भनिन्छ । सचेत पहलले प्रतिक्रियावादी गर्गको अधिनायकवादी सत्तामा धक्का दिने गर्छ र आफू पनि पुनःसंगठित हुन्छ । धक्कापछि प्रतिक्रियावादी वर्गमा क्रमभंगता हुन्छ जुन आफ्नो वर्गमा पनि नयाँ क्रमको अनिवार्यता हुन्छ । प्रतिक्रियावादी सत्ता बिघटनतिर जाने तथा नेतृत्त्व बारेमा प्रश्नहरू उठ्दै र कमजोर हुँदै जाने स्थिति देखापर्छ । यसमा सहि नीति र निर्णयको क्षमता बनाउँदै जाने सर्वहारा नेतृत्त्वको रुपमा विकास हुँदैजान्छ । प्रतिक्रियावादी वर्गीय सत्तामा क्रमभंगताको क्रमसँगै अन्तरविरोध बढ्दैजाने र विश्वसनीयता गुमाउदै बिघटनतिर जाने छलाङमयको स्थिति आउँछ । क्रान्तिकारि दस्तामा पनि आफ्नै योजनाहरू लागु हुनेक्रममा आफैंले निम्त्याएका चुनौतिहरूले अनिवार्य महाविपत्ति झेल्नै पर्ने स्थिति आउँछ । यही क्रममा प्रतिक्रियावादी वर्ग र सत्तामा बिघटनको स्थिति आउँछ भने समाजमा रुपान्तरणसहित क्रान्ति सफलतामा पुगेर टुंगिने गर्दछ ।

अहिले हामी कम्युनिस्टले नेतृत्व गरेको भए पनि बुर्जुवाक्रान्तिकै चर्णमा छौं । अहिलेसम्मका उपलब्धिहरू पहिलापहिला बुर्जुवा वर्गले क्रान्ति गरेर ल्याईसकेका सवालहरू हुन् । लोकतन्त्र, गणतन्त्र, संविधानमार्फत संविधान, कानुनी राज्य, धर्मनिरपेक्षता, समावेसी तथा समानुपालिक प्रणाली, संघीयता आदि राजनीतिक उपलब्धिहरू संसारका विभिन्न देशहरूमा अभ्यासमै छन् । कम्युनिस्टले नेतृत्व गरेर परिवर्तन भए पनि अधिनायकत्त्व दलाल तथा नौकरशाहीको भएकाले हाम्रो क्रान्तिले जनवादी चरणमा प्रवेश पाएन । त्यसैले नयाँ जनवादी क्रान्तिको चरण पार गर्नको लागि नयाँजनवादी क्रान्तिको न्युनतम कार्यक्रम बनाउनुपर्नेछ । यस बिषयमा कम्युनिस्ट नामका सबैजसो गुटहरूले गम्भीर भुल गरेर समाजवादी कार्यक्रम तय गरेका छन् । त्यो पनि वैधानिक संघर्षको माध्यमबाट उक्त कार्यक्रम पूरा गर्ने जनाएका छन् । यही भुलको कारण नेपाली जनवादी क्रान्ति रक्षात्मक चरणमै छ ।

क्रान्ति वा हरेक कुरामा रुपान्तरणको नियम यही हो । संसारभर यसरी नै जनक्रान्तिहरू भएका हुन् । माओवादीले तत्कालिन मशालदेखि अर्थात २०४५ सालदेखि गरेको अभ्यास पनि यही हो । हरेक घटनाहरूले प्रतिक्रियावादी सत्तामा प्रहार केन्द्रित गर्ने र माओवादीले आफूलाई पुनःगठनको प्रक्रियाद्वारा रुपान्तरण गर्दैजाने क्रमले अन्ततः प्रतिक्रियावादी सत्ताका सामन्वादी तथा नौकरशाही वर्ग एकातिर र दलाल तथा एकाधिकारि पुँजिपति वर्ग अर्कोतिर भएर फाटे । यही स्थितिमा साम्राज्यवादी, विस्तारवादी र सामन्तवादी शक्तिहरू अनिर्णित वा प्रभावहीन बन्न पुग्ने स्थिति आयो । यही मौकामा माओवादीले ती दुईखालका प्रतिक्रियावादी वर्गलाई फाटो पार्नेगरी आफ्नो कार्यनीति “लोकतान्त्रिक गणतन्त्र“ अघि सारिदियो । यही कारण प्रतिक्रियावादी वर्ग शक्तिछिाण भएको मौकामा संविधानसभामार्फत समाज रुपान्तरण गर्न सम्भव भयो । समाज सान्तवादी युगबाट पुँजीवादमा रुपान्तरण भयो । फेरि पनि समाज रुपान्तर् गर्ने र जनवादी चरण पारगर्दै समाजवादमा रुपान्तरण गर्ने नीति दलाल पुँजीवादी प्रतिक्रियावादी सत्तालाई कम्युनिस्टको सहि निर्णय अर्थात सचेत प्रयत्न र धक्का प्रहार नै हो । यसको बिकल्प खोज्नु संशोधनवादी हर्कतसिवाय अरू हुँदैन ।

हाम्रा अघि र पछि यस्ता कम्युनिस्टहरू छन् भने अर्काथरि रुढिवादी परम्पराको घेरा बाहिर पनि संसार छ भन्ने नबुझेका मानिसहरू पनि छन् । आफ्नो घेरा तोडेर माथि छितिजमा पुगेर डाँडापारिको दृष्य पनि हेरेका मानिस कुवाका भ्यागुता सरी आफ्नो जीवन बनाएका मानिस भन्दा पक्कै पनि फरक मानिस हुन् । कुवाका भ्यागुताले झैं कि त आकाश कि त पाताल मात्र छ भन्ने भान परेका मानिसलाई अक्टोबर क्रान्तिले छितिजको ढोका खोलिदिएपछि नयाँ संसार र नयाँ युग देख्ने अवशर मिलेको छ । त्यसयता संसारका धेरै मानिसले छितिजपारिको संसारमा पुग्ने अवशर पाएका छन् र नयाँ युगका मानिस पनि हुन पाएका छन् ।

सबैजसो कम्युनिस्ट घटकहरूमा धार्मिक र रुढिवादी परम्परा जब्बर बनेको स्थिति छ । कम्युनिस्ट पार्टीहरूले नेता, कार्यकर्ता र जनतालाई दिने स्कुलिङ भनेको पार्टी नीति अनुसार नेता–कार्यकर्ताको व्यवहार हो । विभिन्न वर्गमा बिभाजित जनताले कम्युनिस्ट नेता–कार्यकर्ताको जीवन व्यवहार अर्थात जीवन दर्शन हेरेर कम्युनिस्ट सहि वा गलत हो भनेर बुझ्ने स्थिति रहन्छ । त्यही अनुसार श्रमजिवी सर्वहारा वर्गलाई संगठित गरेर वर्गसंघर्ष सञ्चालन गर्नुपर्ने हुन्छ । यही वर्गसंघर्षबाट समाज रुपान्तरण हुँदै (जसरी सामन्ती निरंकुश समाज लोकतान्त्रिक गणतन्त्रात्मक समाजमा रुपान्तर भयो) नयाँ जनवादी समाजमा रुपान्तरण हुने हो । यश सवालमा सबैजसो कम्युनिस्ट गुटहरू चुकेको स्थिति छ ।

केही मानिस जनावर भन्दा दिमागि मामिलामा धेरै कमजोर छन् ! उनीहरू सुख पाउने भ्रमले दिमागमा परमेश्वर राख्छन् । त्यही परमेश्वरले आफ्नो अस्तित्व पुष्टि गर्न खडा गरेको स्वर्गको आश र नरकको त्रासमा बाँच्न वाध्य हुन्छन् । जनावर त्यस्तो आशा पनि राख्दैनन् र त्यतिसारो त्रसित पनि हुँदैनन् । केही मानिस चाहिँ यही आश र त्रासले रुढिवादी परम्पराको नाममा हास्यास्पद र पागलपनको व्यवहार देखाउछन् । ती मानिस जवान र बुढोपाको लक्षण नै नदेखाई मरेका हुन्छन् । यस्ता दिमागमा “ओ माई गड“ अनि “भाग्यको कुरा हो“ भन्ने जस्ता बैचारिक ट्युमरहरू पलाएका रोगीहरूले उपचार गर्न पनि मान्दैनन् । यो अवस्थादेखि मानिसलाई उठाएर समाजवादी वैज्ञानिक सभ्यतामा पुर्याउने कम्युनिस्ट गुटहरूको दायित्त्व हो भन्ने पनि भुलेका छन् ।

प्रतिक्रिया