शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

को जनता हुन् को जनताका दुस्मन हुन् ?

आइतवार , जेठ २६, २०८२

अहिले पुष्पकमलले एउटा भिडियो अन्तरवार्तामा बोलेको एउटा क्लिप चर्चित छ, “ती के जनता हुनु, ती त जनताका दुस्मन हुन् !“ राजावादीहरू र दलालहरूलाई जनता भन्न मिल्दैन भन्न खोजेको स्पष्ट छ । को जनता हुन् र को जनताका दुस्मन हुन् भन्ने महान् माओको भनाई सबैभन्दा स्पष्ट छ ।

सामन्तवादी र साम्राज्यवादी देशद्रोही, जनद्रोही र लुटेरा हुन् । दलालहरूले यिनीहरूको पक्षपोषण गर्छन् र उनीहरूको शासन ल्याउने प्रयत्न गर्दछन् । जनता आफ्नो स्वतन्त्रता, समानता, समृद्धि, शान्ति तथा अमनचयनको अधिकारको लागि संघर्ष गर्दछन् । नागरिक भए पनि त्यस्ता देशद्रोही, जनद्रोही लुटेराको शासन खोज्नेहरू जनता हैनन्, देशद्रोही, जनद्रोही र अपराधि पनि हुन् ।

विदेशी शासक आएर जनतालाई विनावेतन र उर्धि लगाएर काम गराई आफ्नो फाईदा र स्वार्थका लागि प्रयोग गर्ने सामन्तवादी र साम्राज्यवादीले देशलाई कहिल्यै हित गरेका हुँदैनन् ।

संक्रमणकालको समयमा विश्वकै सबैभन्दा कुख्यात अपराधि, निरंकुश शासक, गैरकानुनी तथा असंवैधानिक तरिकाले नागरिकको सामुहिक हत्या तथा वेपत्ता पार्ने मानवता बिरोधि अपराधि थियो । रायमाझी आयोगले अपराधि ठहर गरेको अपराधि पनि हो । यस्तो जनद्रोही, वंशविनासक, देशद्रोही र कुख्यात अपराधिलाई देशबाट सुरक्षा र सुविधा दिएर किन पालिराखेको ?

राणाले लखेटेको र इन्डियाले उसको स्वार्थमा प्रयोग गर्नेगरि त्रिभुवनलाई सत्तामा राख्यो । कोशी लियो । १९९७ सालमा प्रजापरिषदमार्फत बिद्रोह गर्नेहरूलाई फाँसिदिन लालमोहर लगाउने त्रिभुवनलाई सहिद गेटको माथि सालिक राखेर वलिदानको अपमान गरिएको छ । यस्ता अपराधि सामन्ति शासकहरूलाई संविधानमाथि राखेर कांग्रेस र एमालेले ०१७ साल, ०३७ साल, ०४७ सालमा अक्ष्यम्य गल्ति वा अपराधनै भन्न मिल्ने अपराध गरेका छन् । यसता सामन्तीहरू विवेकहीन ढङ्गले देश लुट्नको लागि मात्र शासनसत्ता खोज्ने गर्दछन् । जनताले देशको सुरक्षा र जनताको आवश्यकताको पुर्ति गर्नसक्दैनन् भनेर आफू र आफ्नो वंशबाहेक अरूलाई नमान्ने भएकाले सामन्ती सासक अर्थात राजा जनद्रोही हुन्छन् । वंशजकै गुणले मात्र शासन हुन्छ भन्दै यसलाई उनीहरू राष्ट्रवाद भन्छन्, वास्तवमा सामन्ती चाहना हो, लुट्न नपाए यो देश रहँदैन अर्थात जनताको शासन असम्भव भन्नेगर्छन् । त्यसैले सामन्तीहरू देशद्रोही पनि हुन्छन् भनिन्छ ।

साम्राज्यवाद पसेको देश कंगाल हुन्छन् । भारतमा पस्यो, ब्रम्हलुट नै गर्यो । साम्राज्यवादशीत जस्ले लुटेको क्ष्यति उठाउन ३ सके ती देश आर्थिक आधार खडा गरेर अघिबढ्न सकेका तर लुटिएका देशहरू कहिल्यै उठ्नै सकेनन् । विश्वभरि यसका उदाहरणहरू काफि छन् ।

साम्राज्यवाद र सामन्तवादको पक्षपोषण गर्नेहरू दलाल हुन् । दलालले आफूलाई मजबुत पार्न आर्थिक आधार खडागर्ने गर्दछ, त्यस नीतिलाई दलाल पुँजीववाद भनिन्छ । दलाल पुँजीवाद नै अहिलेको देशको प्रमुख समस्या हो जसलाई वैधानिक संघर्षबाट सत्ताच्युत गर्न सकिन्न । जनताको शासनव्यवस्था ल्याउन वर्गसङ्घर्षलाई घनिभुत पारेर सर्वहारा वर्ग तथा श्रमजिवी जनसमुदाय अधिनस्त शासनव्यवस्था बनाउनु जरुरी छ । अहिलेको क्रान्तिको मुख्य धारा यही हो ।

प्रतिक्रिया