नक्सलवादीहरू अर्थात माओवादीहरू समाप्त गर्ने भारतीय प्रतिक्रियावादी राज्यले माओवादी नेतृत्व हत्या योजनामा नरसंहार नै गरिदिएको छ । “अपरेसन डार्क फरेस्ट“ नामक हत्या योजना छत्तिसगढको नारायणपुरमा चलाएर २७ जना माओवादीलाई नृसंशतापुर्वक सामुहिक संहार गरेको छ । यसअघि नेतृत्वको टाउकाको मुल्य डेढ करोड तोकेको थियो । वार्ताको लागि तयार छौं भनिरहेको माओवादी नेतृत्वलाई हत्यानै एक मात्र बिकल्प देख्ने प्रतिक्रियावादी चालदेखि विश्वसमुदाय नै स्तब्ध भएको छ ।
अब संसारभारका न्यायप्रेमी जनसमुदाय सतर्क र सजग हुनुपर्ने देखिन्छ । न्याय, समानता, स्वतन्त्रता र मुक्ति खोज्ने मानव जातीलाई साम्राज्यवाद तथा विस्तारवादसँग हत्याबाहेक कुनै बिकल्प नै छैन भन्ने भारतीय प्रतिक्रियावादी सरकारले व्यवहारतः पुष्टि गरिदिएको छ । त्यसमा सीपीआई (माओवादी)का महासचिव शीर्ष नेता तथा माओवादी आन्दोलनका बिचारक नम्बाला केशव राव “बसबराज“लगायतको हत्या भएको जनाइएको छ । यस हत्या प्रकरणमा अरू केही नेतृत्वहरूको पनि हत्या गरेको हुनसक्ने आंकलन गरिएको छ । भाकपा (माओवादी)लाई तत्काल विज्ञप्तीसमेत निकाल्न नसक्ने अवस्थामा पुर्याएर गम्भीर क्ष्यति गराएको भन्दै मोदीको दक्षिणपन्थी सरकार खुसियाली मनाईरहेको छ । अब माओवादीको लागि शोकलाई शक्तिमा बदल्दै प्रतिक्रियावादी राज्यसत्तालाई धक्का दिंदै र संझौताहीन वर्गसंघर्षलाई जारि राख्दै दीर्घकालिन जनयुद्धको महान यात्रामा डटेर लडाईं राख्नुबाहेक अर्को कुनै बिकल्प बाँकी रहेन । यो हत्याकाण्डमा विश्व सर्वहारावादी आन्दोलनको दशककै सबैभन्दा ठूलो क्ष्यति भएको छ ।
क्रान्तकारी नेतृत्वहरू माक्र्सदेखि माओको जस्तो निरन्तर क्रान्तिको दौरान रणमैदानमै सहादत हुन्छन् । त्यस्तै कमरेड बसवराज पनि गोञ्जालोहरू, चेहरू वा चारूहरू झैं गह्रुङ्गो सहादत प्रप्त गर्न पुगेकाछन् । क्रान्तिकारिले कहिं पनि पुष्पकमल, बाबुरामहरू जस्तो एउटा दक्षिणपन्थी कार्यनीतिमा २० ओैं बर्ष अलमल गर्दै जनक्रान्तिको बाटोमा अबरोध खडा गर्दैनन् ! नेपाली भूमिमा उठेको माओवादी आन्दोलनमा अनपेक्षित अवशरवाद देखापरेको बेलामा कमरेड बसवराजको नेतृत्वले भारतीय भूमिमा दिर्घकालिन जनयुद्धको बाटोमा निरन्तर दिएर विश्वका तमाम सर्वहारा तथा श्रमजिवी जनसमुदायमा आशाको किरण फैलाउन सफल भएका थिए ।
२० बर्षसम्म निरन्तर चलिरहेको भारतीय भूमिको दीर्घकालिन जनयुद्धका दौरान ६ हजारभन्दा बढिको सहादत भैसकेको छ । यसअघि राज्यले चुनौती बनेको ठानेर नक्सालबाडीको किसान बिद्रोहका दौरानमा राज्यद्वारा ३५ हजार भन्दाबढि किरानहरूको कत्लेआम गरेको थियो । सन् १९२०मै स्थापना भएको भारतीय कम्युनिस्ट पार्टीको नेतृत्वमा तेलङ्घना बिद्रोहमार्फत जनताले जीउँदो ईतिहास निर्माण गरेका थिए ।
सिजिङपिङले चीनमा १४ करोड जनसङ्ख्या गरिबीमा पिल्सिएर बाँच्नुपरेको पिडालाई चीनको चुनौती भने । उनले समाधानार्थ योजना बनाए, अहिले सफल भए । यस्तै भारतमा मोदिले शुरुमै जनयुद्ध भारतको सबैभन्दा ठूलो चुनौती बताएका थिए । जनयुद्धलाई चुनौती ठान्ने भारतीय प्रतिक्रियावादी शासकले माओवादीले उठाएका मुद्दाहरू समाधान खोजेर जानुभन्दा नेतृत्वको हत्या अभियान चलाएर अपराधपूर्ण कार्य गर्दैछ । यही क्रममा सरकारले भाकपा (माओवाद)का महासचिव तथा जनसैन्य कमान्डर बसवराजलगायत २७ जना योद्धाहरूको हत्या गरेको घोषणा गरेको छ । यो विश्वसर्वहारा वर्ग तथा सारा श्रमजिवी मानव जातीको दुःखद क्षणमा कमरेड वसवराजलगायत सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली ।