शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

अवस्था सुध्रिन जनगणतन्त्र आउनुपर्छ

मंगलवार , चैत्र ११, २०८१

केहिदिनअघि पुष्पकमलको नजिकै रहेका एकजना मित्रले भनेका थिए, “११–१२ पटक फोन गरेर केपीले भेट्न बोलाईसके, पुष्पकमलले भेट नै नगरेर र वास्तै नगरेर मधेस झरे ।”

अस्ति खबर आयो, “तिनजना नेताहरू भेटघाट हुँदैछ ।” बाहिर भने केपि खलकले बिभिन्नखाले हल्ला चलाए । ज्ञानेन्द्रलाई पक्राऊ गर्न सल्लाहा गरेका, टिआरसि कानुन कार्यान्वयन अघि बढाउन बसेका, राष्ट्रिय सरकार बनाउने र संविधान संशोधन गरेर पूर्ण लोकतन्त्रिक गणतान्त्रिक संविधान बनाउन आदिआदि !”

केपीको झिंगे दाउ कसैले यति घटिया स्तरमा गिर्छ भनेर सायद सोचेकै थिएनन् । उनले भागबण्डा र साटासाटको थोत्रो र घृणित राजनीतिलाई टेवा दिनेगरी कुलमानलाई हटाएर आफ्नै पुरानो लुटेरा ग्याङको भिनाजु भनेर सम्बोधन गर्ने डाकालाई नियुक्ति दिए ।

मुख हेर्न पनि नहुने र भेट गर्न पनि नहुने केजाती जस्ता हुन् उनी ! दुनीयाँ चकित छ र लोकतन्त्र खराब हुन्छ भन्छन् ! सायद समाजको सबैभन्दा यस्तै घटीयासँग समाजका सबैखाले खराब तत्वहरू जम्माभएर सत्तामा पुर्याउने रहेछन् ।

समाजमा सबैभन्दा ठूलो हतियार राज्यसत्ता हो । लोकतन्त्रमा त्यो केपी देउवाजस्ता लुटेराको हातमा पर्दोरहेछ । अझ ठूलो शक्ति साम्राज्यवाद हुन्छ, उनीहरूले त्यहीशक्तिको आढमा बहुराष्ट्रिय कम्पनिहरूमा सेयर दिएर देशको झन् बढि ब्रम्हलुट मच्चाउने रहेछन् ।

जनताले आक्रोश पोखेका छन् कि विद्युतमा गडबडि गरेर कमाउने धन्नामा लागेको कमिसनखोरलाई विद्युत मन्त्रि बनाउने कांग्रेसले त्यस कुकार्यमा अवरोध ठानेको कुलमान हटाउन नांगो भएर लाग्यो । केपि जस्ता ब्रम्हलुट मच्चाउनेका लागि यो त सुनौलो अवशर बन्यो । यो देशमा कस्ले कसरी भुल गरेर यस्तो अवस्था आयो भनेर सोच्ने वा समीक्षा गर्ने समय आएको पक्कै छ ।

एनसेलबाट हाक्काहाक्की वा जनताले नै बुझ्नेगरी ठगेर खाए । ओैद्योगिक क्षेत्रबाट उठ्ने राजस्व र विद्युत महशुल खानका लागि नाङ्गेझार भएर उत्रिएका छन् । सबै क्षेत्रमा लुटपाट निरन्तर छ, लुटेराहरूका सेटिङ यो व्यवस्थामा भत्किन सकेन । लुटेरा, डाका, हरामखोरहरू मिलेर सरकार बनाएर ब्रम्हलुट गरेको हेरिरहेका छौं । यो सरकारले त अहिले त कुलमान जस्तो अतुलनीय योगदान देखाएको इमानदार कर्मचारिलाई पनि अपमानजनक ढङ्गले बर्खास्त गरेर विद्युतमा पनि पुनः लुटपाट मच्चाएको छ । देशद्रोही, जनद्रोही, फासिस्ट, भ्रष्ट संसदवादीले नयाँ राज्यव्यवस्था बनेपछि पनि आफ्नो लुटपाटको मिसन चलाई नै रहन सफल भएपछि देश बर्बादितिर जाँदैछैन भन्ने प्रश्न उठेको छ । राजावादी र माओवादीलाई एक अर्कालाई देखाएर लुट्ने यिनको पुरानो धन्दा अझै कायम छ । जनताको अवस्थामा सुधार आउने कुरै भएन ।

सर्वहारा श्रमजिवी वर्गको राज्यसत्ता स्थापना गर्न लडेको माओवादि र राजाका लात खाएका संसदवादी मिलेर शान्तिसंझौता भएपछि जातीय, क्षेत्रीय, लैंगिक र दलित समस्या समाधानका लागि संवैधानिक व्यवस्था मिलाईयो तर संसदवादी राजी नभएपछि वर्गीय समस्याको समाधानलाई थाँती राखियो । यो अवस्थामा पुरानै भँडुवा फासावादीहरू सत्तामा पुग्ने ढोका खुल्ला भयो । जतिसुकै देशद्रोही र जनद्रोही दलाल भए पनि राजनैतिक व्यवस्था उनीहरू अनुकुलको भएपछि सत्ता आईहाले र ब्राम्हलुट मच्चाउन थालिहाले । अहिले जनताको अवस्थामा सुधार आउन नसकेको मुख्य कारण यही नै हैन त ?

प्रतिक्रिया