शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

राष्ट्रिय पोशाक नेपालीको शान

सोमवार , फाल्गुण २६, २०८१

देशको शान तथा पहिचानमा राष्ट्रिय पोशाकको ठुलो मान्यता हुन्छ । राष्ट्रिय पोशाकले शरिर ढाक्ने मात्र नभई अन्तराष्ट्रमा पहिचानको संकेत समेत गर्दछ । हरेक देशको झण्डा संगै पोशाक पनि हुने गर्दछ । नेपाल एक ऐतिहासीक राष्ट्र हो । यो एक बहुभाषीक, बहुधार्मिक, बहुजातको साझा फुलवारी पनि हो । साथै सार्वभौमसत्ता सम्पन्न एक ऐतिहासिक पहिचान बोकेको राष्ट्र हो । नेपाल एक अलग्गै पहिचान,मौलिकता,भाषा,संकृतीको महत्व दर्शाउने विश्वको एक मात्र आशाका केन्द्रविन्दु समेत मान्न सकिन्छ ।

पछिल्लो कालखण्डमा हाम्रो पहिचान स्थापित गर्ने पहिरनको शैली पश्चिमा तथा आयातित पहिरनबाट थिचिँदै गएको छ । महिलाको गुन्यू, चोलो र पुरुषको दौरा, सुरुवाल र टोपीलाई आधुनिकताका नाममा भित्रिएको कोट–पेन्टले विस्थापित गर्दै लगेको छ । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दौरा–सुरुवाल र टोपीलाई राष्ट्रिय पोशाकबाट खारेज गरेसँगै हाम्रा नेतृत्वहरुले राष्ट्रिय पहिचानका अवमूल्यन गर्न थालेका थिए । अझै केही मन्त्री तथा उच्च पदस्थ व्यक्तिहरु नेपाली टोपी समेत लगाउँदैनन् । जसका कारण नयाँ पुस्तामा समेत राष्ट्रिय अस्तित्व र पहिचानप्रतिको सम्मान कमजोर हुने अवस्थामा शुरु भएको छ ।

हरेक देशको आफ्नो पहिचान हुन्छ जस्मा झण्डा,राष्ट्रियगान,पोशाक विशेष हुन्छ । संसारलाई चिनाउनको लागि हरेक देश आफुलाई विशेष शैलीबाट प्रस्तुत गर्नेगर्दछ । त्यस्तै पहिचान र गरिमा बोकेको पोशाक हो दौरासुरुवाल,टोपी तथा गुन्युचोली, जुन विश्व जगतमा अर्को कुनैपनि देशको छैन । के दौरासुरुवाल लगाउदैमा देशको विकास हूदैन ? के पोशाक पुरातन हुदैमा सोच नुतन हुन सक्दैन ? के पोशाकको मुल्यमान्यता लाज ढाक्नुमात्रै हो । के पोशाकले शरिर ढाक्नु या प्रदर्शन गर्नुमात्र हो भने त्यो पहिचानको लडाई भनि आजसम्म लडिदै आईरहेको जुन आन्दोलनहरु छन तिनिहरुको कुनै अर्थ वा तुक छैन । देशमा आजपनि पहिचान,परिवर्तन र विकासको नाममा संधर्ष जारि छ । तर जुन पहिचान थियोे त्यसलाई पाखाँ लगाउदै विदेशी पहिचान खोज्ने हामी कस्तो पहिचानको खोजिमा छौ र त्यो पहिचानको परिवर्तनले हामीलाई सम्बृद्ध,विकशित र उच्च बनाउछ भन्ने विषयमा कसैको ध्यानाकर्षण छ या छैन यसमा पनि दुईमत छ ।

पोशाकको गरिमा झण्डा जस्तै उच्च हुन्छ । विश्वलाई चिनाउन पोशाकको पनि ठुलो महत्व हुन्छ अझै नेपाल जस्तो साँस्कृतिक धरोहरको देश अनि विश्वमै पृथक पहिचान बोकेको दौरासुरुवाल टोपी, गुन्युचोलीको गरिमाको कुनै मुल्यांकन गर्न सकिदैन । पाश्चात्य संस्कारका देशहरु नेपालको कला,सभ्यता र परम्पराको पारखी हुन जो पर्यटन प्रवर्धनको एक हिस्सा बनिसकेको छ । आज हामी हाम्रो संस्कृतिलाई विदेशी संस्कृतिसंग वेच्दै छौ तर यो पहिचानको विरासत पनि नष्ट हुदैछ भन्नेमा आजको युवापुस्ताले सोच्नसमेत फुर्सद पाएको छैन । मानव उत्पतिको समय मानव जाति कपडा,पहिरनको प्रयोग गर्र्दनथ्यो,विकास क्रमसंगै शरिर हिफाजत संगै लाज ढाक्नको लागि पात,बोक्राको प्रयोग गर्दै आज मानव सभ्यता यो अवस्थामा आईपुगेको छ । यस्तै शरिरको अंग प्रदर्शन गरिदै जाने हो भने हामी पुन पहिरनमा ढुंगेयुगमा पुग्ने निश्चय छ । आफ्नो पहिचान,पहिरनको संरक्षण गर्न युवा पुस्ता सचेत नभएमा पहिचान विनाको हुनेछौ । देशको कुनै अस्तित्व रहनेछैन । देश नांगो तथा पहिचान विनाको हुने पक्का छ । तसर्थ नेपालको राष्ट्रिय पोशाक हुनु नितान्त आवश्यक छ ।

प्रतिक्रिया