पृष्ठभूमी
कोहिपनि महिलाको रुपमा जन्मिएको हुदैन सामाजिक संस्कारहरुले उनीहरुलाई महिला वनाइएको हुन्छ।यो फ्रान्सेली लेखिकाले लेखिएको विचार प्रतिनिधिमूलक सन्देश मात्र हो। लिंगको आधारमा हुने सवैखाले भेदभावलाई हटाउन हाम्रो मुलुकलगाएत अन्तराष्ट्रियतहमा महिला सशक्तिकरण र विकासका लागि विभिन्न अभियान वा क्रियाकलापका प्रयासहरु आज सम्म प्राप्त गरेको सफलता लाई पनि आधार मान्न सकिन्छ। त्यसैले विश्व महिला आन्दोलनको आधुनिक अभियानलाई हेर्दा सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार तथा प्रर्वद्धन स्थापित गर्ने उद्देश्य सहित नेपाल सहित अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यकम सहित मनाइँदै आइरहेको छ ।
नेपालको संविधान २०७२ र त्यसपछि निर्माण भएका अन्य कानूनी व्यवस्थाहरुले ३३ प्रतिशत महिला सहभागितालाई व्यवस्थितका लागि सुनिश्चिता प्रदान गर्यो । यही सुनिश्चिता प्रतिशतलाई महिला सहभागिताको ब्यवस्थालाई संविधान तथा कानूनले त्यसै दस्तावेजीकरण गरेको पक्कै भएको पनि होइन । मुलत महिला अधिकार, प्राप्त मौलिकहक, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनपनि संघर्षको परिणामको रुपमा महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइरहेको छ। सन् १९०८ मार्चमा लगभग १५ हजार महिलाले संयुक्त राज्य अमेरिकाको न्यूयोर्क सिटीमा काम गर्ने समय, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने माग सहित ¥याली गरे संगै यसको बीजारोपण भएको थियो ।नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस सुरुआत गर्नुपर्नेमा सुझाएकी थिइन् । पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्याण्डमा मनाइएको थियो । तर संयुक्त राष्ट्रसंघले सन् १९७५ मा प्रथम विश्व महिला सम्मेलन मेक्सिको प्रारम्भीक देखी महिला अधिकार पनि मानव अधिकारनै भएको मूल सन्देशमा महिला तथा वालवालिका प्रति उच्च सम्मानका साथ भएको व्यवस्था पनि विभिन्न महिला सशक्तिकरणका अभ्यासहरु संगै आधिकारिक मार्च ८ ले महिला दिवसको रुपमा मान्यता पाएको थियो ।
हाम्रो राज्यले पनि समानुपातिक समावेशीताको सिद्धान्तलाई संविधान र कानूनले आत्मसाथ आफ्नो नीति तथा कार्यक्रममा महिला सहभागितालाई बिभिन्न कार्यान्वयनका तहमा लैजाने ईमान्दार प्रयास गरेको देखिन्छ। मुलुकको जनसंख्याको ५१ दशलवम २ प्रतिशत रहेको महिला संख्यामा विधमान व्यवस्थाले जस्तो राजनीतिक दलभित्र पनि ४० प्रतिशत अनिवार्य महिलाको सहभागिता, प्रमुख वा उपप्रमुख पद मध्ये वाट महिला अनिवार्य रूपमा उठाउनुपर्ने वाध्यतात्मक व्यवस्थाले स्थानीय तहमा महिलाहरुको वढेको उपस्थितिलाई लिन सकिन्छ भने प्रचलितको व्यवस्था तथा अनिवार्यता अभ्यासको रुपमा ३३ प्रतिशत सहभागिताको नीति कार्यान्वयन क्रमश हुदै आएको छ जसमा सहकारी संस्थाहरु पनि अछुतो रहेको छैन (वित्तिय सेवा, ऋणप्रवाह र उत्पादन तथा उद्यमशिलता) मा पनि महिलाको उपस्थिति बिस्तारै बढ्दै गएको देख्न सकिन्छ ।
सहकारी अभ्यास
सहकारीको विचारधारा ‘एकका लागि सबै, सबैका लागि एक’ भन्ने भावनाबाट उत्पन्न भएको हो, जसले व्यक्ति र समुदायलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा सशक्त बनाउँछ ।नेपालमा परम्परागत रूपमा गुठी, पर्म, ढिकुरीजस्ता सामूहिक प्रयास चलाइन्थ्यो र त्यस्ता समूहले सीमित स्रोत र साधनको उपयोग गर्दै एक अर्कालाई सहयोग पु¥याउन कार्य हुन्थ्यो। आधुनिक सहकारी विचारको सुरुवात १८४४ डिसेम्बर २१ मा बेलायतको रोचडेल इक्विटेबल पायोनियर सोसाइटीबाट भएको मानिन्छ, जसले मजदुर र साना व्यवसायीलाई स्वावलम्बी बन्न मार्गदर्शन ग¥यो । यसै भावनालाई अङ्गीकार गर्दै नेपालमा पनि आधुनिक सहकारी आन्दोलनले जन्म लियो। विशेष गरी २०१० सालदेखि नेपाल सरकारले योजना विकास तथा कृषि मन्त्रालय अन्तर्गत सहकारी विभाग स्थापना गरी पारम्परिक अभ्यासलाई संस्थागत स्वरूपमा परिवर्तन गर्दे चितवन जिल्लाको २०१३ साल चैतमा दर्ता भएको बखान ऋण सहकारीलाई नेपालकै पहिलो सहकारी संस्था मानिन्छ, जसले आधुनिक सहकारी आन्दोलनको आधारशिला स्थापना ग¥यो। हाल नेपालमा ३१४५० सहकारी संस्था दर्ता तथा ६६ भन्दा वढी जिल्ला सहकारी संघ १५७ भन्दा वढी विषयगत जिल्ला संघ रहेको तथ्यांकमा उल्लेख गरिएको कुल सहकारी संस्थामा ६३ लाखभन्दा बढी सहकारीका सदस्य, हेर्दा देशभरिका सहकारी संस्थाको सञ्चालक समितिको कुल संख्याको ३९ दशमलव ३४ प्रतिशत महिला सञ्चालक रहेको देखिन्छ। सहकारीका कर्मचारीमध्ये ४७ दशमलव ९८ प्रतिशत महिला रहेका छन् । संक्षेपीकरणमा हेर्दा महिलाको निर्णायक सहभागिता २१ प्रतिशत मान्न सकिन्छ । भने यस कमलामाई नगरपालिकामा गठित १२६ सहकारी संस्थाको कुल ४१४१५ शेयर सदस्यहरुमा ५६ दशमलव ९३ प्रतिशत महिला सदस्यहरु रहेको कायममा सञ्चालक समितिको कुल संख्याको ५० दशमलव ४८ प्रतिशत महिला सञ्चालक रहेको देखिन्छ भने सहकारीका कर्मचारीमध्ये ७० दशमलव ०६ प्रतिशत महिला रहेका छन् । यसरी प्रतिवेदनलाई नियालेर हेर्दा महिलाहरु सहकारीसंस्था सहभागितामा उत्साहजनकरुपमा मान्न सकिन्छ तर २०१३ साल देखि २०४८ सम्ममा ८ सय ३० वटा सहकारी संस्थाहरु गठन भएको तथ्याङकले देखाउछ भने ततसमयमा महिलामात्रै सदस्य रहेको सहकारी संस्था गठन नरहेको बुझिएको छ ।
नेपालमा सहकारी ऐन र नियमावलीको कार्यान्वयनले सहकारी संस्थाहरूलाई औपचारिक स्वरूप प्रदान ग¥यो । २०१६ सालमा जारी सहकारी ऐनले सहकारीलाई स्वायत्तता, सदस्यको आर्थिक सहभागिता र प्रजातान्त्रिक नियन्त्रणमा आधारित संस्था बनाउने लक्ष्य राख्यो ततपश्चात सहकारी ऐन २०७४ र ०७५ नियमावली र हाल जारी अध्यादेश समेत सहकारी सुशासनमा सुधारका पहलले सहकारी संस्थाहरूलाई विभिन्न गैरसरकारी प्रयासहरूले सहकारी क्षेत्रमा व्यापक जनसहभागिता, शिक्षा, तालिम र व्यवस्थापनमा सुधार ल्याउने उद्धेश्यमा काम गरिरहेका छन् ।
विशेषत सहकारीमा महिलाको आवद्धताले आत्मविश्वास, स्वभिमान आत्मनिर्भरता बढाउँछ।आर्थिक,सामाजिक सांस्कृतिक रुपले पछाडी परेका, पारिएका महिलाहरूलाई उद्यमी बनाउछ।यसरी सहकारीले पुर्याएको सहयोगले उनीहरू पनि पुरुषसरह आफ्नो व्यवसाय गर्न र आर्थिक रूपमा आत्मनिर्भर हुन सक्षम भएका उदाहरणहरु प्रसस्तै छन् ।महिलाहरु सहकारीमा आवद्ध भई वचत गरेमा उनको परिवार र समाज पनि समृद्धिको बाटोमा अगि वढनुका साथै आर्थिक उपचारका लागि सहयोग पुग्नेछ।गठित सहकारीबाट महिलाहरूले कृषि, वित्तीय, सेवा प्रदायक, लघु उद्योग आदिविभिन्न क्षेत्रमा सहयोग पुर्याउदै आएका छन्।सहकारीमा आवद्ध महिलाहरुले आफ्नो व्यक्तिगत तथा पारिवारिक उन्नति र विकासका लागि स्वतन्त्र रूपमा निर्णय लिन सक्छन्।सामाजिक हैसियत बढाउन सशक्त भएका छन् । नयाँ प्रविधि, स्रोत र साधनमा पहुँच बढेको देखिन्छ।सहकारीमा महिलाको आवद्धताले राष्ट्रिय अर्थतन्त्रमा टेवा पुगेकोछ। पाखा पारिएका र एकल रूपमा कार्य गरिरहेका महिलाहरूलाई सहकारीले संगठित गरी आर्थिक वृद्धि गर्न सहयोग पुर्याएको छ।राजनैतिक तथा सामाजिक क्षेत्रमा आफ्नो प्रभावकारी भूमिका प्रदर्शन गर्न थालेका छन्। वर्षौँदेखि पछाडि पारिएका महिलाहरुले क्षमताको विकास गर्दै आफुलाई अगाडी बढाउदा समाज नै सभ्य, सुसंस्कृत हुनेछ । तर यस परस्थितिमा सहकारी अभियानमा महिलाका लागि अवसरसँगै चुनौति पनि रहेको छ। यस वर्ष पनि ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस सवै महिला तथा वालबालिका लागि अधिकार समानता र सशक्तिकरण रहेकोले समताको माध्यम वाट भएको समानता हुनु अव अपरिहार्य रहेको छ ।
(लेखक :कमलामाई नगरपालिकामा भुमी व्यवस्था तथा सहकारी इकाई प्रमुखको रुपमा कार्यरत रहनुहुन्छ।)