शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

जनयुद्धबारेको भ्रम र यथार्थ

शुक्रवार , फाल्गुण १६, २०८१

नेपाली जनयुद्ध पटकपटक भएका प्रयासलाई सफल पार्न नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सचेतपहल मार्फत गरेको संघर्षको गौरवशाली ईतिहास हो । यो वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक र सांस्कृतिक शोषण र उत्पिडनमा रहेका जनसमुदायलाई संगठित गरेर गरेको संघर्ष हो भने यसको निशानामा सामन्तवाद, विस्तारवाद, दलाल नौकरशाही तथा एकाधिकारी पुँजीवादी प्रतिक्रियावादी राज्यसत्ता हो । जनयुद्ध यी दुईशक्ति एकआपसमा १० बर्ष संघर्षको ईतिहास हो ।

राजनीति भनेको आफ्नो वर्गको हितको लागि शक्ति आर्जन गर्दै गरिने संघर्ष हो । यसमा हरेक घटनाहरूमा फाईदाको हिसाबकिताब हुन्छ । जनयुद्धमा लगानी गरेर देशीविदेशी प्रतिक्रियावादी वर्गले केही पनि फाईदा लिनसक्दैनथे र लगानी गर्ने पनि सवाल हुँदैनथ्यो । माओवादीले खोजेको राज्यसत्ताबाट साम्राज्यवादी र विस्तारवादीले केही फाईदा नपाउने भएकाले सहयोग र लगानी केही भएको थिएन भन्ने घाम जत्तिकै छर्लङ छ । यति हुँदाहुँदै पनि दिमागमा गोबर भरिएका सामन्तवाद र प्रतिगामीहरू माओवादी विदेशी उक्साहट, लगानी र सहयोगमा विदेशीकै हित र रक्षाका लागि थियो भन्ने झुठ र असत्य कुरा गर्ने गर्छन् र भन्छन– बिचार विदेशी, सहयोग तथा लगानी विदेशी, मानिस विदेशी, अनावश्यक, अझ अराजकता फैलाउने नियत र उदेश्यहीन, हिंसा र आतंकको नियत आदिआदि ।

यथार्थः त्यो भन्दा धेरै फरक छ । नेपाली सर्वहारा तथा श्रमजिवी जनसमुदायको संघर्षको कीर्तिमानी र ऐतिहासिक काम ।

नेपालमा भएको महान् जनयुद्ध र त्यसको जगमा उठेको ऐतिहासिक जनआन्दोलनलाई साम्राज्यवादी र विस्तारवादी शक्तिले साथ र सहयोग गरेनन् । उनीहरूले १२ बुँदे समझदारी भत्काउनको लागि अनेकन षड्यन्त्र र जालझेल मात्र गरिराखेका थिए । राजा र प्रजातन्त्रको नीति हुने मिल्नुपर्छ, माओवादीलाई एक्ल्याएर खेद्नुपर्छ भन्ने विदेशी बैरीहरूको नीति थियो । यो कुरा विदेशी दुष्टले भ्रमको पर्दाले छोप्ने दुस्कर्ममा उनीहरू सफल भएका हुन् । माओवादी आन्दोलन बदनाम गर्न ईन्डियाका केही अनाधिकार व्यक्तिहरूसँग भेटघाट भएको दुस्प्रचार गर्न सकेका हुन् । नेपालको ईतिहासमा जनता आफैले आफ्ना समस्या उठाएर आन्दोलन गरेको एक मात्र आन्दोलन हो । यो सत्यतथ्य सवाल जतिसुकै पर्दाहाल्न खोजे पनि कतैबाट पुष्टि हुँदैन ।

जनगणतन्त्राई थन्क्याएर लोकतान्त्रिक गणतन्त्र कार्यनीतिक लक्ष्य बनाएपछि मात्र देशी–विदेशी बैरीहरूसँग वार्ता गर्न भेटेका मान्र हुन् । कुनै शासक–प्रशसकले पाल्ने त भेट्ने पनि कहिल्यै मौका पाएका थिएनन् । यो धर्तीका सबैभन्दा अपराधिहरू लुटको स्वर्ग गुमेपछि बौलाएर जेपायो त्यही बोल्ने गरेका छन्, तिनका कुरा पत्यार आफ्नाधारणा बनाउने मुर्खहरू आफूलाई बफादार नोकर बन्नका लागि मालिक खोजीरहेका छन् । तिनले गरेका आत्माघाती काम र कुराले तिनीहरूलाई नै सँधै पिरल्ने छ ।

माओवादी संझौतामार्फत खुल्ला राजनीतिमा आएपछि फाईदा कसले लुटे ? जनयुद्धमा लगानी र सहयोग उनीहरूको हो भनेर बुझ्नुपर्ने हुन्छ । समानुपातिक तथा समावेशी लोकतन्त्र आएर कसलाई फाईदा भयो ? हिन्दू धर्मसापेक्षता, एकात्मक तथा केन्द्रीकृत शासन प्रणाली अन्त्य गरेर फाईदा कसलाई भयो ? संघीय गणतन्त्र र राज्यको शासन प्रणालिको पुनःसंरचनाबाट फाईदा सकलाई भयो ? जनताले लगानी र सहयोग गरेकाले फाईदा पनि जनतालाई नै भएको छ । यो अवस्थामा पनि वर्गीय समस्याको समाधानमा कार्य नहुनुले जनताको अवस्थामा हुनुपर्नेजति परिवर्तन भएको छैन र नयाँ व्यवस्था र अवस्थामा पनि शासन गर्न चाहिँ पुरानै असफल, फासिष्ट, देशद्रोही र जनद्रोहीहरू नै आईरहने र परिवर्तनको गति रोक्ने दुष्कर्मको स्थिति कायम रहेकाले अझै पनि भ्रमको पर्दा खुल्न सकेको छैन र यथार्थ उजागर हुनसकेको छैन ।

प्रतिक्रिया