पुष्पकमलले बामपन्थी शक्तिहरू बटुलेर नयाँ दल बनाउने भएछन् । उनी माओवादी हैनन् । लोकतान्त्रिक गणतन्त्रलाई रणनीति बनाउने कोही पनि माओवादी होईनन् । उनको नेतृत्वको माओवादी पार्टी फुट्यो, माओवादी आन्दोलनको पुनर्गठन गर्ने भनेर लामो समयसम्म अन्तरसंघर्ष गर्नेहरूलाई पार्टी फुटाएको अभियोग लगाउन पछि परेनन् । उनीले बाबुरामको साथ लिएर कृतिम बहुमत र वैधानिकताका साथ माओवादी पार्टी फुटाएका थिए । उनले पार्टी फुटको दोष भने अरूलाई लगाउन छोडेका छैनन् । उनले बामपन्थी समुहहरू बटुलेर एउटा शक्तिशाली दल बनाएर र त्यसलाई नेतृत्व लिएर सुधारवादी आन्दोलन अघि बडाउन सक्छन् । उनले वर्तमान राजनीतिक व्यवस्थामा केही सुधार गर्नसक्छन् । उनीबाट श्रमजीवी सर्वहारा वर्गले देखेको समानता, स्वतन्त्रता, मुक्ति र न्याय खोजेको सवाल चाहिं असम्भव छ । तस्करि, सत्ताद्रोह, शाहावंशनास,
जनहत्या र नागरिक बेपत्ता पार्ने कुख्यातीको विश्व रेकर्ड बनाएर एक्लिएको निरंकुुश तानाशाहा ज्ञानेन्द्रले गद्दी त्याग आफ्नो ईच्छाले गरेजस्तो गरी वक्तव्य निकालेका छन् । कर्फुले पनि जनसागरलाई रोक्ननसकेर उनले जनताको नासो फिर्ता गरेको वक्तव्य निकालेको बिर्सिए झैं गर्दैछन् । हरेक तानाशाहाको स्वभाव उनमा पनि झल्केको देखियो । यो फट्याइँ हो । “समय आएको, साथ चाहियो, देश बचाउने हो भने“ जस्ता कुरा व्यवस्थाबिरुद्धको धम्की हो । उनी गैरसंवैधानिक बाटो रोज्छन् भने सुरक्षा सुविधा झिकेर उनीमाथि छानविन र उनका सम्पत्ति राष्ट्रिय ट्रस्टमा बनाएर राख्नुपर्छ ।
जनयुद्धको जगमा जनआन्दोलनले निरंकुुश सामन्तवादलाई प्रतिक्रियावादी सत्ताको नेतृत्वबाट हटाएपछि माओवादी नेतृत्वले नयाँ नेपाल निर्माणको लागि नयाँ खाका बनाएर संसदवादी दलहरूबाट पनि स्वीकृत गराएपछि नयाँ खालको राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक व्यवस्थाको साथमा भौतिक विकासको गुरुयोजना बनाएर देश अघि बढेको तथ्य सबका सामु छ । केपिहरू उबेला नेतृत्वमा थिएनन्, बरू झलनाथले अमुर्त नारा बनाएका थिए– समृद्ध नेपाल, सुखी नेपाली । केपिको यो राजनीतिक व्यवस्थाभित्र कुनै मुख्य जिम्मेवारी थिएन । सबैलाई थाहा छ, देशमा संझौताको राजनीति प्रभावी भएकाले वर्गीय समस्या समाधानमा आशा गरेजस्तो भएको छैन । भौतिक निर्माणमा उल्लेख्य प्रगति भएको देखिन्छ । भ्रष्टाचार नियन्त्रणमा खास प्रगति नभएकाले हुनुपर्नेजति अझै भएको छैन भन्नसकिन्छ । भएका काममा यो केपिका सपना भनेर हास्यास्पद कुरा गर्ने फन्टुसहरू देखिन थालेका छन् । काम गर्ने कालू मकै खाने भालु भन्ने उखान केपिमा चरितार्थ भएको छ ।
यो देशमा साम्राज्यवाद, विस्तारवाद र सामन्तवादले नचाहँदानचाहँदै जनयुद्ध भयो । त्यसको जगमा ऐतिहासिक जनआन्दोलन भयो । त्यसपछिको राजनीतिक संक्रमणकाललाई प्रभावित पार्न ती देशीविदेशी प्रतिक्रियावादी शक्तिहरू अराजकता फैलाउन, भ्रम सृजना गर्न, आफ्ना स्वार्थहरू संविधानमा सामेल गराउन, जनयुद्ध तथा जनआन्दोलनका लक्ष्यहरूलाई भत्काउन र राजनीतिक संक्रमणकालका नाममा लुटपाट गर्न धेरै लगानी गरे । उनीहरूको स्वार्थ अनुसार संविधानसभा भत्काए । क्रान्तिकारी शक्तिलाई भत्काएर त्यसपछि बनेको संविधानसभाबाट बनेको संविधान पनि चित्त बुझाएनन् । नाकाबन्दी, अराजकता र ज्ञानेन्द्रका चलखेलहरूले स्पष्ट पारेकै छन् । अहिले आएर साम्राज्यवादले आपत्तिजनक शब्द बोल्यो । पैसा खाने तर काम चाहिँ अर्कै गर्ने ठगहरू हौ भन्न भ्यायो । अनुदान कटौती गर्यो, अब ठगेको असुलउपरको लागि युरेनियमको खानी मुस्ताङ देऊ भन्न बेर छैन ।
विस्तारवादको रिस मरेको छैन । नेतृत्व र दलहरू किन्यो, फेरि स्थिति फर्किन्छ । कार्यकारि जो भए पनि शुरुमै पाउमोल्न बोलाउँथ्यो, अहिले कुनैलाई पनि वास्था गर्दैन । पुष्पकमल ङिच्च परेर फर्किएका थिए, झलनाथलाई वास्था नै गरेन, अहिले केपिलाई गनेकै छैन । आरजुमार्फत फकाउने केपिको प्रयास पनि काम लागेन । देउवा कुम्भमेलामा जाने, स्थिति सुधार्ने प्रयत्न पनि फेल भएछ ।