राजनीतिक बिडम्बना भनौं वा के भनौं ! एकजना एमालेका ०४२ सालमा राजनैतिक आन्दोलनमा सामेल भएको भन्दै वारेन्टेड भएका एकजना एमाले नेताले फेसबुकमा लेखेका छन, तत्कालीन कार्यभार, उसले भन्छ ऊ भ्रष्टाचारी, उसले भन्छ ऊ भ्रष्टाचारी, म भन्छु सबै भ्रष्टाचारी, कोही छैनौं सदाचारी, गर्छौं विदेशीको चाकरी, भन्छौं र गरेको छौं भन्छौं मातृभूमिको रखवारी तर गरिरहेका छौं गद्दारी ।
सबै उहीँ हुन्, उस्तै हुन् भन्ने र भन्नखोज्ने सत्ता पक्षको भाष्य पुष्पकमलले सदनबाटै अस्वीकार गरेका छन् । यस्तो हुँदा पनि हुँदैन । उनी एमालेलाई जनताको बहुदलीय जनवादबाट अल्ली माथि उठाउने र आफू पनि अल्लीकति तल झरेर माले हुने भन्दै नेकपानेकपा बन्न मानेका पात्र हुन् । एमालेलाई पनि उनीहरूको बिरासत भत्काएर नयाँ दलको स्थितिमा पुर्याउने र संसदीय राजनीतिको कार्यनीतिका लागि उनीले पनि आफ्नो माओवादी बिरासत त्यागेका मानिस हुन् उनी । कार्यनीतिक रुपमा अति नै लचिलो हुनुपर्छ भन्ने उनको मान्यता रहि आएको छ । उनीबाट अब अवैधानिक सङ्घर्षको बाटो लाग्ने सवाल सम्भव छैन भन्ने प्रष्ट छ ।
बादलसँगै बामाले पुगेका अर्का माओवादी नेताको स्ट्याटसमा एक अंश छ, “माओवादीले हाम्रो परिवार नै उजाड पारिदियो ।”
निरन्तर क्रान्तिको बाटोमा बाबुराम अवरोधक थिए, उनले गणतन्त्रको लागि मात्र जनयुद्ध भएको थियो भन्ने उनको बुझाई थियो । माओवादी नेता– कार्यकर्ताले उनलाई जनयुद्धको बेलादेखि नै चिनेकै थिए र शङ्काको दृष्टिले हेर्ने मत्र हैन, भन्थे, “उनी कम्युनिस्ट हैनन् ।“ लोकतान्त्रिक गणतन्त्रमार्फत सत्ता स्वादका लागि पुष्पकमलका लागि बाबुराम सारथि नै भैदिए । यसका लागि पुष्पकमलले अर्का प्रकाश खोजे, वैधानिकताका लागि कृतिम बहुमतको राजनीतिक खेलमा लागे र सहजै संसदवादमा सवार हुन पाए । जनवादको सपना देख्नेहरूलाई दिउँसै रात पारिदिए ।
बादलहरू एमाले पनि हैन प्रतिगामी बामालेमा पतन भए । उनका लागि शब्दहरू खर्चिनु पनि व्यर्थ छ ।
क्रान्तिकारि बिचार समुहका नाममा ड्यास माओवादीले माओवादी आन्दोलनको पुनर्गठनको नाउँमा गरेको राजनीति पनि अहिले ३ ठूला गुटमा बिभाजित छन् । जनपक्षीय आन्दोलनमार्फत जनविद्रोहमा पुग्ने ती समुहहरूका प्रयासहरू व्यर्थ सावित भैराखेका छन् र पुष्पकमलको लागि कार्यकर्ताहरू उत्पादनका फ्याक्ट्रिहरू जस्ता भएका छन् ।
ठूल्ठूला दलहरू प्रतिपक्षमा हुने र ३२ सिटेले सरकार चलाउने फासिवादी संसदीय ईतिहास यहाँ दोहोरियो । अनि त्यो बिना दोषको सरकार हट्यो र आफूलाई असुरक्षित ठानेका ठग, भ्रष्ट, तस्कर, माफियाहरू र आफू पनि मुछिएका दलका नेतृत्वहरू मिलेर ठूला दलहरू मिलेर सरकार बनाए । यस्तो बिडम्वनापूर्ण राजनीति जनयुद्ध र संक्रमणकालिन स्थिति कटिसक्दा पनि बारम्बार देखिइरहेको छ । अर्को बिडम्बना चाहिँ जनता भोट हाल्दा नयाँ खोज्ने नियत राख्दाराख्दै रुप बदलेर आउने उहीँ पुराना दल र नेतृत्वलाई वा चिनिएका खराबहरूलाई नै दिने गर्दछन् । बिडम्बनाहरूको यो यात्रा कहाँसम्म पुग्ला भनेर अनुमान लगाउन मुस्किल परेको छ ।