लेखक : बिनोद दाहाल
पुष्पकमल फेरि प्रचण्ड हुनुपर्यो भन्ठान्छन् । स्थिति त्यस्तो छैन, सम्भव पनि छैन । अहिले खुल्ला समाज छ, सबै कुरा देखिन्छन् । राजनीतिक व्यवस्था र शासकीय स्वरूप बदलिएको छ । प्रचण्ड हुन वलिदान गर्नुपर्छ, पुरानो वलिदानको व्याजले पुग्दैन ।
संविधानमाथि सामन्ती खलक र वंश परम्परा राख्न स्वीकार गरेका फासिवादी संसदवादीहरू लोकतान्त्रक गणतन्त्रको लागि सहमत भएर नयाँ जस्ता लाग्ने भएर उनीहरू नै सरकार बनाउने भएका छन् । दलित, महिला, जनजातीको अधिकार र मधेशको जनतामा आएको चेतनाले अब करान्तिकारि समुदाय पनि बदलिएका छन् । श्रमिकको भन्दा पनि उद्योगी÷व्यापारिहरूको संगठन मजबुत र प्रभावकारि भएका छन् । तस्कर, भ्रष्टाचारि, भूमाफिया, घुसखोरि, ठगी कार्यमा राजनीतिक प्रवेश भएको छ । साँच्चै भन्दा सरकार नै उनीहरूको बन्ने गरेको छ । दलहरू नै अपराध मिलाउन दान भन्दै फिरौती उठाउनेस्तरमा पतन भएका छन् । सरकारमा पुगेर तिनीहरूलाई तह लगाउछु भन्दा पटकपटक गलत्याईंदा नचेतने पुष्पकमलले चाहिँ केही गर्लान् भनेर पत्याउनेहरू बिचराहरूबाहेक अरू हुन्छन् र ?
उनले दार्शनिक रुपमा संशोधनवाद रोजेर संझौताको राजनीति गरेका छन् अर्थात उनी फेरिएका छन् । सहयोद्धाहरू सबैले उनलाई अपारदर्शी आर्थिक व्यवहार गरेको आरोप पटकपटक लगाएका छन् र उनले पनि ती आरोपलाई बोली र व्यवहारद्वारा खण्डन गर्न सकेका छैनन् । दल तथा राज्यलाई उनको मौन जवाफ छञ् पैतृक सम्पत्तिबाहेक बचत केही छैन, त्यो सम्भव पनि छैन । यसरी उनले आफूलाई सुरक्षित गरेका छन् र भनेका छन् जजस्लाई साथ लिएर जिम्मेवारिमा पुर्याएँ ती सबैले बदमासी गरेर र पतन भए । अहिले पनि उनका कृपाले राजनीति गर्ने तर जनयुद्धको गौरवमा केही गर्न र भन्न नसक्नेहरूले उनको अर्को पाटोबाट उनको बदनाम गरिराखेका छन् । भर्खरै शेरा दरवारका नाम जोडेर प्रचार गरिएका जस्ता अरू पनि बिना कमाई पूर्णकालिन कार्यकर्ताहरू जिल्ला सदरमुकाम र राजधानीमा घरघडेरि र विभिन्न उद्योग–व्यवसायमा लगानी भएकाहरू छ्याङ्गै देखिएका छन् ।
उनी अहिले महाधिवेसनमार्फत दलको बिचारको नयाँ संश्लेषण गर्ने भनेर थालेका छन् । उनको दलले बिसर्जनवाद रोजेपछि माओवादी आन्दोलनको पुनर्गठन गर्ने नीति लिएर बिद्रोह गरेकाहरू पनि तितरबितर भएर निराश पारेको स्थितिमा उनी नै सहि त हैनन् भन्ठानेर केही उनीतिर फर्किन खोजेको मौका छोपेर उनले उक्त बिचारसंश्लेषणको नीति लिएका हुन् । उनले प्रवेशद्वार सहज बनाईसकेका छन् । उनको “साँच्चै हो कि क्याहो“ भान पार्ने कला अब कलाबिहीन नाटकबाहेक अरू हुनेछैन, केही योद्धाहरू फेरि एकपटक झुक्किनेबाहेक अरू हुनेछैन ।