मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

सिन्धुलीका पत्रकारलाई धम्कीः महासंघको ध्यानाकर्षण

शुक्रवार , पौष १२, २०८१

सिन्धुली – नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले पत्रकार बुद्व नेपालीलाई समाचारको विषयलाई लिएर दिइएको धम्कीको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । बिहिवार महासंघका सिन्धुली शाखाका सचिव नविनबाबु अधिकारीले एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति ध्यानाकर्षण भएको जनाउनुभएको हो ।

नेपाल समाचार दैनिकका सिन्धुलीको संवाददाता समेत रहनुभएका नेपालीलाई समाचारको निहुँमा सुवास वाइवा भन्ने व्यक्तिले फोन गरेर धम्क्याएको महासंघले जनाएको छ । “सम्झौता अवधी सकिदा सिम्ले हायुटार सडकको प्रगती ४५ प्रतिशत” भन्ने शिर्षककमा २०८१ पुष ११ गते नेपाल समाचार दैनिकमा समाचार प्रकाशन भएको थियो ।

सोहि समाचार लेखेको भन्दै पत्रकार नेपालीलाई सडक निर्माणको जिम्मा लिएका ब्यक्तीले धम्क्याएको प्रति पत्रकार महासंघ सिन्धुलीले बिज्ञप्ति जारी गरेको हो । सडक निर्माणको लागि ठेक्का सम्झौता जयबाबा गोरख सारस बालकोट जेभिले गरेकोमा सडक निर्माणको लागि जिम्मेवारी लिएका सुवास वाइवाले धम्क्याउनु अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो बिज्ञप्तिमा भनिएको छ ।

प्रकाशित समाचारप्रति चित्त नबुझे कानुनी उपचारमा जान सकिने या प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिने प्रावधान हुँदाहुँदै पत्रकारलाई धम्क्याउनु प्रेस स्वतन्त्रताविरुद्ध रहेको महासंघले जनाएको छ । अराजक र अशोभनिय हर्कतले पत्रकार लाई पेसाप्रति हतोत्साहित र त्रसित बानाउनुका साथै बिचार र अभिब्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुग्ने महासंघको ठहर छ । महासंघ प्रेसको संबैधानिक अधिकारको सम्मान गर्न र यस किसिमको दोहोरिन नदिने वातावरण निर्माण गर्न सम्बन्धीत निकाय संग माग गरिएको छ ।

प्रेस विरोधी यस्ता घटनाको नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले कडा शब्दमा निन्दा गर्दै घटनामा संलग्नलाई कानुनी दायरामा ल्याएर प्रेसको संविधानप्रदत्त अधिकारको सम्मा गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।

प्रतिक्रिया