सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका ६ गैरिबजारको पुलबाट प्रहरीले गोलन्जोर गाउँपालिका ३ का १८ वर्षिय सुजन बयलकोटीलाई पक्राउ गर्यो । विहिबार राती साढे दुई बजे प्रहरीको मोबाइल गस्ती टोलीले बयलकोटीलाई पक्राउ गरेको हो । प्रहरीले रातको समयमा गस्ती गर्ने क्रममा शंकास्पद देखेपछि बएलकोटीलाई सोधपुछ गरेको थियो । सोधपुछको क्रममा बएलकोटीले झुट बोलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक सुनिल चौरसियाले बताउनुभयो । उहाँले भन्नुभयो, “सोधपुछ गर्दा बयलकोटीले झुट बोलेकाले संकास्पद देखिएको थियो । संकास्पद रहेकाले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो ।” अनुसन्धानको क्रममा बयलकोटीले कमलामाई नगरपालिका ६ शनिबारे हाटबजारका राजकुमार शाहको किराना पसल चोरी गरेको पत्ता लागेको उहाँले बताउनुभयो । बयलकोटिले शाहको पसलबाट नगद सहित किरानाका सामान चोरी गरेका थिए । बएलकोटीको साथबाट नगद १२ हजार एक सय ३५ रुपैयाँ फेला परेको निरिक्षक चौरसियाले बताउनुभयो । पसल फुटाएर नगद बिस हजार र किरानाको सामान चोरी भएको पसलका संचालकले जानकारी दिएका छन् । थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
यस्तै, केहि दिन अगाडि कमलामाई नगरपालिका ७ विष्णुधारागैरीमा एउटै समयमा चारवटा घरमा चोर पसेको खबर प्रहरीलाई प्राप्त भयो । प्रहरी निरिक्षक चौरसियाको कमाण्डमा तत्काल प्रहरी टोली घटनास्थलमा पुगि अनुसन्धान समेत गरे । दुइ वटा घरमा चोर पसेको तर केहि चोरी भने नभएको प्रहरीले बताएको छ । निरिक्षक चोरसियाले भन्नुभयो, “दुइवटा घरमा चोर पसेपनि केहि चोरी भने भएको छैन । दुइ वटा घरमा भने नगद र सुनका गरगहना चोरी भएको छ । हामीलाई जानकारी आउने वित्तिकै तत्काल घटनास्थलमा पुगेका थियौँ । अनुसन्धान गरिरहेका छौँ, छिटै चोर पत्ता लाग्ने छ ।” विष्णुधारगैरीकी ८३ वर्षिय हिरामायाँ घिसिङको घरमा नगद ७० हजार चोरी भएको छ । घरमा कोहि नभएको मौका पारि रातको २ बजे घर फुटाएर चोरी भएको थियो । यस्तै सोहि ठाउँका ६४ वर्षिय लिला बहादुर थापाको घरबाट पाँच आनाको सुनको औठि एक थान, माइली तिलहरी ४ आनाको एक थान, रिंग ६ आनाको दुइ थान र नगद चालिस हजार रुपैयाँ चोरी भएको हो ।
सिन्धुलीमा पछिल्लो समय चोरको बिगबिगि बढेको छ । दैनिक जस्तो चोरीको घटना घटिरहेको स्थानियले गुनासो गरेका छन् । पुषको पहिलो हप्तामा जिल्ला प्रहरी कार्यालयमा दुइ वटा मात्रै चोरीको निवेदन आएको छ । जिल्लामा चोरीका घटना कम गर्न प्रहरीले सक्रियता बढाएको प्रहरी निरिक्षक चौरसियाले बताउनुभयो । घटनाको जानकारी पाएपछि क्षतिको विवरण संकलन गर्न र चोरी गर्ने व्यक्तिको खोजतलास गर्न सुरक्षाकर्मी परिचालन भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चोर पत्ता लगाउन हामीले फरक तरिकाले अनुसन्धान गरिरहेका छौँ । ठाउँठाउँमा प्रहरी परिचालन छन् । फरार रहेका चोर केहि दिनैमा पत्ता समेत लाग्ने छ । चोरी गरेर फरार भएका चोरको सम्पूर्ण विवरण प्राप्त भइसकेको छ ।” पछिल्लो समय धेरैजसो घरमा कोहि नभएको मौका छौपि ताल्चा फोडेर चोरी हुने गरेको छ । घरबाट बाहिर निस्कदा घरबाट बाहिर निस्कदा विशेष सजकता अपनाउन साथै आफ्नो घरको झ्याल ढोका राम्रो संग लगाउने प्रहरी निरिक्षक चौरसियाले अनुरोध गर्नुभयो । उहाँले धेरै गरगहना नलगाउने, लगाएपनि होसियारी अपनाउने, नगद बोकेको बेलामा होसियारी अपनाउने, शंकास्पद व्यक्ति तथा नचिनेको व्यक्तिसंग हिमचिम नबढाउने, बैक तथा वित्तिय संस्थाबाट रकम झिक्दा पनि सुरक्षित तरिकाले राखेर मात्र निस्कने तथा चोरी लुटपाट भैहालेमा तत्काल प्रहरिलाई खवर गर्न पनि आग्रह गर्नुभयो ।