मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

सुनिता जोगी बनिन कमलामाई नगरपालिका ६ को वडा अध्यक्ष

मंगलवार , पौष ९, २०८१

सिन्धुली – कमलामाई नगरपालिका ६ की १६ बर्षिय किशोरी सुनिता जोगी कमलामाई नगरपालिका ६ को वडा अध्यक्ष बन्नुभएको छ । प्लान इन्टरनेशन नेपाल र मानव तथा राष्ट्रिय विकास समाज ह्याण्डस नेपाल सिन्धुलीको साझेदारीमा संचालित गल्स टेकओभर कार्यक्रम मार्फत १६ बर्षिय किशोरी सुनिता जोगी एक दिनको लागि वडा अध्यक्ष बन्नुभएको हो ।

प्लान नेपालले किशोरीहरुको अधिकार संरक्षण र सशक्तीकरणका क्षेत्रमा बिभिन्न कामहरु गर्दै आएको छ । यस गल्स टेकओभर एउटा कार्यक्रम मात्रै नभइ किशोरीहरुलाई नेतृत्व प्रदान गर्ने, क्षमता विकास गर्ने, समाजमा रहेका बिभिन्न समस्याहरुमा किशोरीहरुलाई प्रत्यक्ष सहभागी गराइएको ह्याण्स नेपाल सिन्धुलीकी कार्यक्रम संयोजक कमला लामाले जानकारी दिनुभयो । गल्स टेक ओभर अभियानले बाल अधिकार, लैगिंक हिंसा, स्थानीय तहका बिभिन्न अभियानहरुमा किशोरीहरुलाई प्रत्यक्ष रुपमा सहभागी गराएको उहाँको भनाई छ ।

एक दिनको लागि अध्यक्ष बन्नुभएकी सुनिता जोगीले कमलामाई नगरपालिका तथा वडा नं. ६ अन्तर्गतको शिक्षा, स्वास्थ्य, महिला बालबालिका, योजना शाखा लगायतका शाखा मार्फत भइरहेका काम, समस्या र चुनौतीको बिषयमा सम्बन्धीत शाखा प्रमुखहरु वडा नं. ६ का वडा सचिव बाट जानकारी लिनुभएको थियो ।

कार्यक्रममा सहभागी किशोरी हरुले बिद्यालयमा बितरण गरिने सेनेटरी प्याड एउटै साइजको हुदाँ समस्या भएको, स्थानीय तहले बिद्यालयहरुलाई एकै पटकमा प्याड वितरण गरेकाले म्याद सकिएको हुने, बिद्यालयमा भएको महिनावारी ब्यवस्थापन कक्ष दिउँसोको समयमा मात्रै खुल्ने भएकाले बिहान पढ्न जानेलाई समस्या हुने गरेको, हाइवेमा रहेको बिद्यालयहरुमा मानीस सडक पेटिको निर्माण गर्नुपर्ने, किशोर किशोरीहरुमा सामाजिक संजालको दुरुपयोग बढेको र लागुऔषधको प्रयोग बढेकाले त्यसलाई रोक्ने किसिमको कार्यक्रमहरु ल्याउनुपर्ने बताएका छन् ।

कार्यक्रममा कमलामाई नगरपालिका ६ का वडा अध्यक्ष उज्वल कुमार थापाले वडालाई बालमैत्री घोषणा गरिसकिएको बताउदै बालबालिका र किशोरकिशोरीहरुलाई प्राथकिमकतामा राखेर काम गरेको बताउनुभयो । वडाले गर्ने कामको योजना हरु बनाउदा बालबालिका, किशोरकिशोरी हरुलाई सहभागि गराउने गरेको उहाँले बताउनुभयो । साथै यस्ता किसीमका कार्यक्रमले किशोरीहरुको मनोबल बढ्ने र सशक्तिकरणमा टेवा पुग्ने उहाँको भनाई छ ।

प्रतिक्रिया