मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

सम्बन्ध विच्छेद गरेका एक जोडिको दुई वर्षपछि पुनः विवाह

शनिवार , पौष ६, २०८१

सिन्धुली – भनिन्छ नी, मायाँ त मायाँ हो । यस्तै देखिन्छ सिन्धुलीको एक जोडिको कहानी । जिल्लाको कमलामाई नगरपालिका ५ का मुना र सन्तोषले (परिवर्तित नाम) सम्बन्ध विच्छेद गरेको दुई वर्ष पछि दोस्रो विवाह गरेका छन् । २१ वर्ष पहिला विवाह गरेका मुना र सन्तोष सँगै बस्न नसक्ने भन्दै दुइ वर्ष अगाडि जिल्ला अदालत सिन्धुलीबाट सम्बन्ध विच्छेद गरेका थिए ।

उनीहरुको २०६० सालमा पहिलो विवाह भएको थियो । ७ र १४ वर्षका दुई वटा छोरा समेत छन् । उनीहरुले जिल्ला अदालत सिन्धुलीबाट २०७९ मा सम्बन्ध विच्छेद गरेका थिए । पुन यी जोडिले २०८१ मा जिल्ला अदालत सिन्धुलीमा विवाह दर्ता गरेका हुन् । सहमतिमा सम्बन्ध विच्छेद भएको उनीहरुले बताएका छन् । उनीहरु भन्छन्, “सहमति मै छुटेका थियौँ । अहिले मन मिल्यो फेरि विवाह ग¥यौँ । बुढेसकालमा सबै बस्ने चाहानाले पुन विवाह गरेका हौँ । दुबै जना मिलेर बस्ने सहमतिमा विवाह गरेको हो । पहिलेको गल्ति अब दोहोरी दिने छौनौँ । छोराहरुको भविष्यलाई हेरे पनि हामीसँगै बस्ने निर्णय गरेका हौँ ।”

बुढेसकालमा फेरि दुवैजना सँगै बस्न चाहानाले विवाह गरेको उनीहरुले बताएका छन् । उनीहरु एक अर्कालाई धेरै माया गर्थे । फेरि दुवैजनालाई यस्तो लाग्न थाल्यो की सँगै बस्न नसक्ने भए । सम्बन्ध विच्छेद पछि पनि एक मित्रको नाता भने राखि राखे । उमेर बढ्दै गएपछि एक अर्काको कदर गर्दै फेरि पनि सँगै रहने फैसला गरेका छन् । दुइ वर्ष अगाडी गरेको गल्ती कहिल्यै नह्रो¥याउने उनीहरुले बताएका छन् । मुना ३९ वर्षको हुनुहुन्छ भने उहाँको श्रीमान ६१ वर्षको हुनुहुन्छ ।

आमा बुवासँगै बस्ने निर्णयले छोराहरु पनि खुसि देखिन्थे । सधैँ आमाबुवासँगै बस्दिए हुन्थ्यो जस्तो लाग्ने छोराहरुको रहर पनि पुर्ण भएको छ । १४ वर्षिय छोरा भन्छन्, “बा, आमा छुट्टिदा धेरै पिडामा थियौँ । हामीले पहिले धेरै सम्झाएको पनि थियौँ । एकै ठाउँमा बस्न भन्दा पनि बाआमा मान्नुभएन । डिभोस गर्नुभयो । आमा र बाबा एकै ठाउँमा नहुदाँ टुहुरो भएका महसुस समेत गरेको छु । अहिले धेरै खुसि छौँ । पछिसम्म बाआमा यसरी नै मिलेर सँगै बसेको हेर्ने ठुलो रहर छ ।”अन्तिम सम्म सँगै बस्ने कसम समेत खाएको ती जोडिले सुनाए ।

प्रतिक्रिया