सिन्धुली – दुधौली नगरपालिका १ सिथौलीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएपछि दोषीलाई कारबाही नगरेको भन्दै स्थानीयले चार दिन देखि मदनभण्डारी राजमार्ग अवरुद्ध गरेका थिए । शुक्रबार मोटरसाइकलको ठक्कबाट ७ वर्षीय आयुष माझीको उपचारको क्रममा मृत्यु भएको हो । घटनापछि मृतकका आफन्त र परिवारले मदन भण्डारी राजमार्ग अवरुद्ध गरेका थिए । प्रहरी प्रशासनले दोषीलाई पत्ता नलगाएको र कारबाहिको नगरेको भन्दै उनीहरुले आन्दोलन गरेका थिए ।
भिमानबाट दुधौलीतर्फ जाँदै गरेको मोटरसाइकलको नम्बर खुलेको छैन । घटना स्थलमा तत्काल प्रहरी आइपुगेको तर प्रहरीले दोषीलाई भने पत्ता लगाउन नसकेको पिडित पक्षले बताएका छन् । उनीहरुले घटनामा संग्लन व्यक्तिसँग प्रहरीको मिलेमत्तो देखिएको भन्दै विरोध समेत गरेका छन् । पिडितको ठुलीआमा लक्ष्मी कुमारी माझीले भन्नुभयो, “घटना हुने वित्तिकै प्रहरी आईपुगेको थियो तर मोटरसाइकल भने पत्ता लगाउन सकेन । ठक्कर दिएर भागेको मोटसाइकललाई प्रहरीले खोज्नै नखोजेको हो । चार दिन हुदाँ पनि पत्ता लागेको छैन । घटना भएको दुइ मिनेटमै प्रहरी घटनास्थलमा आएको थियो ।” दोषीलाई कारबाहि नगरेसम्म आन्दोलन फिर्ता नलिने अडान समेत गरेका थिए ।
चार दिन वित्दा समेत बालकलाई ठक्कर दिने मोटसाइकल नखुलेपछि सोमबार सुरक्षा निकाय, जनप्रतिनिधि, सरोकारवाला निकाय र विभिन्न राजनितिक दलका प्रतिनिधि साथै स्थानीय पिडितको उपस्थितमा ६ बुँदे सहमति भएको हो । सहमति पछि पिडित पक्षले आन्दोल फिर्ता लिएका छन् । प्रभावकारी अनुसन्धान गरी दोषी पत्ता लगाई कारबाही गर्ने सहमति भएको छ । यस्तै, न्यूनतम क्षतिपूर्तिको लागि जिल्ला प्रशासनले प्रचलित कानुन बमोजिम दिलाउन पहल गर्ने र सोको लागि दुधौली नगरपालिकाले समन्यव गर्ने तथा जवाफदेहिता बहन गर्ने ,पिडित परिवारको एक जना सदस्यलाई रोजगारी दिने सम्बन्धमा दुधौली नगरपालिका १ का वडा अध्यक्षले रोजगारीको व्यवस्था गर्ने सहमति भएको छ । स्थानीय सुरक्षा निकायको सिफारिस गरेको सुरक्षका संयन्त्र सिसि टिभि, होडिङ्ग बोड, सडक बत्ति दुधौली नगरपालिका व्यवस्था गर्ने रघटना सम्बन्धको अनुसन्धानमा सम्पूर्ण निकाय तथा स्थानियले सहयोग गर्न र राजमार्गमा अवरोध हटाउने । पिडितलाई अधिकतम राहत दिने सम्बन्धमा दुधौली नगरपालिकाले पहल गर्ने सहमति भएको छ ।
सरोकारवाला निकाय र पिडित साथै स्थानियको उपस्थितिमा ६ बुधे सहमति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक अनिल खड्काले जानकारी दिनुभयो । झण्डै ३ घण्टाको छलफल पछि सहमति भएको उहाँले बताउनुभयो । सहमति पछि पिडितले आन्दोलन फिर्ता लिएका छन् । हाल राजमार्गमा कुनै अवरोध नरहेको उहाँले बताउनुभयो ।