सिन्धुली– सिन्धुलीमा शुक्रबार सवारी दुर्घटनामा एक बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शुक्रबार राती साढे सात बजेको समयमा दुधौली नगरपालिका ९ स्थित कुर्थौलीमा मोटरसाइकलको ठक्करबाट सात वर्षिय बालकको मृत्यु भएको हो ।
मदनभण्डारी राजमार्गमा भिमान देखी दुधौली तर्फ आउदै गरेको मोटरसाइकलले ठक्कर दिँदा कुर्थौली बस्ने दुखिलाल माझीको छोरा आयुष माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक अनिल खड्काले जानकारी दिनुभयो । घाइते बालकको दाहिने आँखा माथि चोट लागेको हुँदा उपचारको लागि बर्दिबासतर्फ पठाईएको र थप उपचारको लागी काठमाडौँस्थित केएसी अस्पताल रिफर गरिएकोमा उपचारको क्रममा शनिबार मृत्यु भएको डिएसपी खड्काले बताउनुभयो । मोटरसाइकलले ठक्कर दिई फरार भएको डिएसपी खड्काले सिन्धुली सौगातलाई बताउनुभयो । ‘मोटरसाइकलको तिव्र रुपमा खोजतलासी भइरहेको छ’, डिएसपी खड्काले भन्नु्भयो ।