मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

सिन्धुलीमा १ सय २७ वटा मानव अधिकार उल्लंघन

मंगलवार , मंसिर २५, २०८१

सिन्धुली – सिन्धुलीमा १ सय २७ वटा मानव अधिकार उल्लंघनका घटना घटेका छन् । सन् २०२५ मा प्रकाशन हुने नेपाल मानव अधिकार बर्ष पुस्तकका लागी मानव अधिकार संस्था अनौपचारिक सेवा केन्द्र (इन्सेक) जिल्ला शाखा सिन्धुलीले आयोजना गरेको बार्षिक पुर्व समिक्षा कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरिएको हो ।

इन्सेका जिल्ला प्रतिनिधि नविन अधिकारीका अनुसार सिन्धुलीमा सन् २०२३ मा १ सय ११ वटा मानव अधिकार उल्लघनका घटना भएका थिए भने सन् २०२४ मा १ सय २७ वटा घटना भएका छन् । यसरी हेर्दा जिल्लामा मानव अधिकार उल्लघनका घटनाहरु बढ्दै गएको देखिन्छ ।

विभिन्न १० वटा शीर्षकमा मानव अधिकार उल्लघनका घटनाको अभिलेखीकरण गरिएको छ । जसअनुसार जिल्लामा सबैभन्दा वढी ८४ वटा घरेलु हिंसाका घटना घटेका छन् । बलात्कारका १८ वटा घटनामा १३ बालिका, ५ महिला र बलात्कार प्रयासका घटनामा २ बालिका र ६ महिला पीडित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै, हत्याका ३, बेचविखनका ४, बालयौन दुव्र्यवहारका १, बहुविवाहका ६, वालविवाहका १, विद्यालयमा दिईने शारीरिक सजाय १ गरि १ सय २७ वटा मानव अधिकार उल्लघनका घटना भएको इन्सेका जिल्ला प्रतिनिधि नबिनबाबु अधिकारीले बताउँनुभयो ।

सन् २०२३ मा सबैभन्दा बढी घरेलु हिंसाका ६४, बलात्कारका ३१, कुटपिटका ८, कारागारमा मृत्यु १, हत्याका २, बालविवाहका १,यौन दुव्र्यवहारका ३, बोक्सिको आरोपका १ वटा घटना अभिलेखिकरणमा रहेको उहाँले बताउँनुभयो ।

यसैबिच, विश्व मानव अधिकार दिवसको अवसरमा इन्सेक सिन्धुलीको आयोजना, मानब अधिकार तथा असल शासन क्लब सिन्धुली एंव आयोनको समन्वयमा “नेपाली समाजमा वैदेशिक रोजगारले निम्त्याएका मानव अधिकारका सवालहरु” बिषयक अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरिएको थियो । कार्यक्रममा वैदशिक रोजगारीले मानव अधिकारमा पारेको प्रभावहरु र समाधानका उपायहरुमा छलफल गरिएको थियो ।

 

प्रतिक्रिया