मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

सिन्धुलीको शितभण्डार प्रयोगमा ल्याउन चासो दिए डा. महाविर पुनले

मंगलवार , मंसिर २५, २०८१

सिन्धुली – सिन्धुलीमाढीमा किताब बेच्न आउनुनुभएको डा. महाविर पुनले सिन्धुलीमा प्रयोगविहिन शितभण्डार प्रयोगमा ल्याउन माग गर्नुभएको छ । किताब बेच्दै कमलामाई नगरपालिका ४ दोभानटार पुग्नुभएको पुनले दोभानटारमा प्रयोगविहिन अवस्थामा रहेको शितभण्डार प्रयोगमा ल्याउन माग गर्नुभएको हो ।

उहाँले वर्षैदेखि बन्द भएको जुनार शितभण्डार र प्रशोधन केन्द्रलाई पुर्नजीवन दिन जिल्लामा कोहि बहादुर निस्कनु पर्ने बताउनुभयो । उहाँले प्रयोगविहिन शितभण्डार संचालनमा ल्याउन सके किसानलाई राहत हुने बताउनुभयो । शितभण्डार संचालनमा ल्याउन जिल्लामा कोहि बहादुर व्यक्ति छ त भन्दै उहाँले प्रश्न समेत गर्नुभएको छ । कमलामाई नगरपालिका–४ दोभानटारमा एक दशकअघि निर्माण गरिएको जुनार शितभण्डार र जुस उद्योग प्रयोगविहीन अवस्थामा छ । जापानीज दूतावासको आर्थिक सहयोगमा निर्माण गरिएको जुनार शितभण्डार र नेपाल सरकारको थ्रिपिपि मोडेल अन्तर्गत निर्माणाधीन अवस्थामा रहेको जुस उद्योग वर्षौँदेखि प्रयोगविहीन अवस्थामा रहेको छ । जुनार भण्डारणलाई लक्षित गरी उक्त भवन एक करोड रुपियाँको लागतमा २०६६ सालमा बनेको हो । उक्त लागतमध्ये जापानी राजदूतावासको अनुदान ६० लाख रुपैयाँ र बाँकी रकम तत्कालीन समयमा जिविस, गाविस र जुनार उत्पादक किसानहरूबाट जुटाइएको हो । ३६० मेट्रिक्टन क्षमताको उक्त शीत भण्डार सुरुका दुई वर्ष प्रयोगमा आएपनि त्यसपछि प्रयोगमा नआएको सञ्चालकको भनाइ छ । जुनार उत्पादनका लागि नेपालमै पहिलो रहेको सिन्धुली जिल्ला त्यही उत्पादनलाई नै लक्षित गरेर शीत भण्डार निर्माण भएको थियो । शितभण्डार भवन जुस उद्योग कम्पनीले सञ्चालन गर्ने भनी सम्झौता भएको र उक्त उद्योग निर्माण पुरा नहुँदै आफैँ अलपत्र परेकाले शितभण्डार प्रयोगमा नआएको हो । प्रयोगविहिन शितभण्डार संचालनमा ल्याउन डा. पुनले चासो देखाउनुभएको छ ।

डा. पुन झण्डै एक हप्ता देखि सिन्धुलीको विभिन्न ठाउँमा पुगि किताब बेच्दै हिड्नुभएको छ । पडकिने हात्तीछाप चप्पल, तल मैलिएको ट्र्याक, माथि धुलैधुलो टिसर्ट, ज्याकेट, शिरमा ढाकाटोपी, लामो फोहोर कपाल र झुस्स परेको दाह्री भएको व्यक्तिसँग कोहि फोटो खिच्न लाइनमा थिए भने कोहि किताब किन्न पर्खरहेका देन्खिछ । डा. पुन आफैंले माइकिङ गर्दै पुस्तक बिक्री गरिरहनुभएको छ । उहाँलाई देखेर धेरैजना आश्चर्यमा परेका छन् । विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्मानले सम्मानित व्यक्तित्व यसरी सादगी जीवन बिताएर हिँडेको देखेर महावीर पुन नै हुन् भन्ने पत्याउन गाह्रो भएको स्थानियले बताएका छन् । उहाँको पहिरन, हाउभाउ र व्यवहार देखेर सबै दंग छन् । पुनले आफैंले लेखेको ‘सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तकमा उहाँका भोगाइ समेटेका छन ्। उहाँको जीवनीका मुख्य अंश पुस्तकमा समेटिएको छ । सिन्धुलीमाढीको चोक, बजार र विभिन्न विद्यालय, संघसंस्थामा पुगेर उहाँले किताब बेचिरहनुभएको छ ।

प्रतिक्रिया