मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

रोट्याक क्लब सिन्धुलीमाढीको आयोजनामा १५ जनाले गरे रक्तदान

आइतवार , मंसिर १६, २०८१

रोट्याक क्लब सिन्धुलीले आयोजना गरेको रक्तदान कार्यक्रममा १५ जनाले रगत दिएका छन् । शनिबार सिन्धुलीमाढीको खुल्लामंचमा संचालन भएको रक्तदान कार्यक्रममा १५ जनाले रगत दिएका हुन् ।

स्व. रो. सचिन मेमोरियलको स्मृतिमा रोट्रयाक्ट क्लव सिन्धुलीमाढी लगायत देशभरका रोट्रयाक्ट क्लबहरुले राष्ट्रव्यापी रुपमा रक्तदान कार्यक्रम आयोजना गरेको रोट्रयाक्ट क्लव सिन्धुलीमाढीका सुदर्शन साहिले बताउनुभयो । सामाजिक सेवाको काममा रोट्याक क्लब सक्रिय रहेको बताउदै उहाँले रगतको अभावमा गरिव तथा असहाय नागरिकले ज्यान गुमाउने अवस्था नआवस भनेर रक्तदान कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले यस कार्यक्रममा सबैले सहयोग गर्न समेत आग्रह गर्नुभएको थियो । उहाँले रगत संकलन र वितरणमा क्लबले कुन प्रकार सहयोग गर्न आवश्यक छ, त्यसका लागि योजना बनाएर सहकार्य गर्न तयार रहेको प्रतिवद्धता समेत गर्नुभयो ।क्लबले विद्यार्थीलाई विभिन्न किसिमको सहयोग गरिरहेको छ भने गरिब तथा असहाय नागरिकलाई सिन्धुलीमाढीको शनिबारे बजारमा निशुल्क कपडा समेत वितरण गरिरहेको छ ।

प्रतिक्रिया