सिन्धुली, – लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सोमवार देखि शुरू भएको छ । ‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ सिन्धुलीमा पनि दिवस मनाउन सुरु गरिएको हो ।
लैंगिक हिंसा अन्त्य गरी हिंसामुक्त समाज निर्माण गर्न जिल्लाका ९ वटै पालिकाहरुले विभिन्न कार्यक्रम गर्ने निर्णय गरेर अभियानलाई तिव्रता दिन थालेका छन् । जिल्लाका सबै पालिकाहरुले वडास्तरीय विभिन्न कार्यक्रममार्फत सचेतना फैलाउदैँ सामाजिक, आर्थिक सशक्तिकरणमा जोड दिने बताएका छन् ।
अभियानको पहिलो दिन कमलामाई नगरपालिकाले सिन्धुलीमाडीमा र्याली तथा कोणसभा कार्यक्रमको आयोजना गरेर लैंगिक हिंसाविरुद्धको अभियान शुभारम्भ गरेको छ । कमलामाई नगरपालिका अगाडि भेला भएर प्लेकार्ड, व्यानर सहित सुरु भएको र्याली बजार परिक्रमा पछि नगरपालिका अगाडी आएर कोणसभामा परिणत भएको हो । कोणसभा कमलामाई नगरपालिका उपप्रमुख मन्जु देवकोटाको अध्यक्षता तथा कमलामाई नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।
सभालाई सम्बोधन गर्नुहुनै कमलामाई नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले लैंगिक हिंसाको १६ दिने अभियानलाई हिंसा विरुद्धको दिवस मनाउनको लागि मात्रै नभएर ३६५ दिनै मानव अधिकारको रक्षा, कानुनी राज्यको मान्यता गराउन सबै जना लागि पर्नु पर्ने बताउनुभयो । त्यस्तै कमालामाई नगरपालिकाले लैंगिीक हिंसामा परेको क्षेत्र, असिक्षित क्षेत्रहरुलाई विशेस प्राथमिकतामा राखेर काम गरेको पनी उहाँले बताउनुभयो ।
लैंगिक हिंसा महिला र पुरुष दुबैमाथि हिंसा हुने भएकोले यसलाई न्यूनिकरण गर्न सबैको भुमीका महत्वपुर्ण रहेको कमलामाई नगरपालिका उप्रमुख मन्जु देवकोटाको भनाई छ । उहाँले १६ दिनको अभियानमा विभिन्न वडामा कार्यक्रम गर्ने हुदा सबैले सरीक भई १६ दिने अभियानलार्ई सफलाता पुर्वक सम्पन्न गर्न अनुरोध गर्नुभएको छ । उहाँले लंैगिक हिंसाको १६ दिने अभियान अन्तरर्गत कमलामाई नगरपालिकाको १४ ओटै वडामा कार्यक्रम गर्ने जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति उपप्रमुख शान्ता कार्कीले सबै खाले हिंसा अन्त्यका वडास्तरदेखिनै अभियानलाई सार्थक बनाउन स्थानीय पालिकाहरुलाई अपिल गर्नुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णमणी फुँयालले हिंसाको अन्त्य नाराले नभई मनैदेखि अन्त्य गर्न सकेमा अभियानको औचित्य हुने धारणा राख्नुभयो ।
कोण सभा तथा उदघाटन ¥यालीमा कमलामाई नगरपालिकाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक, विद्यार्थी, नगरपालिकाको कर्मचारी, विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि, प्रहरी पत्रकार लागायतको उपस्थीति रहेको थियो ।
यसैगरी, जिल्लाको दुधौली नगरपालिका, हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिका, फिक्कल गाउँपालिका, गोलञ्जोर गाउँपालिका, सुनकोशी गाउँपालिका र घ्याङलेख गाउँपालिकाले हिंसाविरुद्धका विभिन्न कार्यक्रम सञ्चालनलाई तिव्रता दिएका छन् ।
दुधौली नगरपालिकाले सोमवार नगरभित्र लैंगिक हिंसाको अवस्था, हिंसाविरुद्धको अभियान र न्युनिकरणका लागि सरोकारवालाहरुको भुमिका विषक अन्तरक्रिया गरेको छ । यो र यस्ता खालका कार्यक्रमहरु नगरभित्रका सबै वडास्तरमा संचालन गर्ने र महिला सशक्तिकरणमा जोड दिने पालिकाले कार्यक्रम तय गरेको लंैगिक समानता तथा सामाजिक समावेशी उपशाखा प्रमुख नारायण भट्टराई जानकारी दिनुभयो ।
सुनकोशी गाउँपालिकाले महिला अधिकारी सम्बन्धि कानुनी अधिकार र सशक्तिकरणका कार्यक्रमहरु वडास्तरमा पुगेर संचालन गर्न सुरु गरिएको पालिका प्रमुख दिपा बोहोरा दाहालले बताउनुभयो । अन्य पालिकाहरुले पनि सचेतना र सशक्तिकरणका कार्यक्रमलाई जोड दिएका छन् ।
जिल्लाका सबै पालिका र संघसंस्थाहरुले संचालन गरेका हिंसाविरुद्धका अभियानले लैंगिक समानता र हिंसामुक्त समाज निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ ।
नेपाल सरकारले हरेक वर्ष नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैंकिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।
नेपालको मन्त्रिपरिषद् बैठकले २०७५ साल मंसिर २ गते हरेक वर्ष नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लंैगिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसको रूपमा मनाउने निर्णय गरेको थियो ।