सिन्धुली, – सिन्धुलीको मदनभण्डारी राजमार्ग अन्तर्गत मरिण गाउँपालिका ७ देउजोरमा सोमबार कार र बोलेरो ठक्कर खादा सडकपेटीमा बसिरहेकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका ७ की ७६ बर्षिय बुद्धलक्ष्मी श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
नारायणगढबाट विराटनगर जादैै गरेको बा ७ च ७५५४ नम्वरको कार र सिन्धुलीबाट हेटौँडा जादै गरको बागमती प्रदेश ०३ ००१ च १२३ नम्वरको बोलेरो ठक्कर खाई महिला माथि बोलेरो पल्टदा महिलाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायव उपरीक्षक अनिल कुमार खडकाले बताउनुभयो ।
दुई वटा सवारी साधन ठक्कर खाई बोलेरो गाडी महिला माथि पल्टदा गम्भिर घाईते भएकी श्रेष्ठलाई उपचारका लागि सिन्धुली अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको नायव उपरिक्षक खड्काले जानकारी दिनुभयो । दुर्घटनामा परी कारमा सवार अन्य ३ जना घाईते भएको र उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो ।
दुवै सवारी साधन, कार चालक बिराटनगर महानगरपालिका १२ का ६४ बर्षिय ओम बहादुर अर्जाल र बोलेरो चालक भरतपुर महानगरपालिका १६ का पृतम परियारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भई रहेकोे खडकाले बताउनुभयो ।