सिन्धुली – सिन्धुली हरिहरपुरगढी गाउँपालिका.वडा नं.७ स्थितत काभ्रेदोभान, ढाडखोच खोल्सी, टारबारी लगायतका स्थणनहरुमा अंन्दाजी पााँच (५) बिघा क्षेत्रफलमा अवैध रुपमा लगाईएको गाँजाको बोट प्रहरीले फडानी गरी नष्ठ गरेको छ । इलाका प्रहरी कार्यालय कपिलकोटबाट गएको प्रहरी टोलीले लागुऔषधको रुपमा प्रयोग हुने गरेको उक्त गाँजाको बोट आइतवार फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीले बर्षेनी गाँजा खेती नष्ट गरेको तथ्यांक सार्वजानिक गरेपनि त्यस क्षेत्रमा गाँजा खेती रोकिएको छैन । तस्करहरुले लुकीछिपी गाँजा खेती गर्ने र तराईका विभिन्न जिल्ला हुदै गाँजा भारत निर्यात गर्ने गरेका छन् । हरिहरपुरगढी गाँउपालिका भित्र बढी गाँजा खेती हुदै आएको स्थानीय बताउछन् । प्रहरीले पाकेर तयारी हुने समयमा मात्रै गाँजा फडानी गर्ने गरेकाले खेती गर्ने तस्करहरुले खेती गर्न छाडेका छैनन् । प्रहरीले गाँजाको विरुवामै नष्ट गर्नुपर्ने स्थानीय बताउछन् । गाजाँ खेती गरेको सूचना पाएसम्म नष्ट गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले बताउनुभयो ।
प्रहरीले विगतका बर्षमा समेत यस क्षेत्रमा अबैध रुपमा विघौ विगाहामा लगाइएको गाँजा खेती नष्ट गर्दै आएको भएपनि त्यस क्षेत्रमा गाँजा खेती न्युनिकरण हुन सकेको छैन । गाँजा खेती फडानी गरेपनि खेती गर्नेलाई भने कारवाही भएको पाइएको छैन । “खेत गर्ने किसान भएपनि गाँजाका तस्कर भएपनि कारवाही हुनुपर्छ, अनि मात्रै अबैध गाँजा खेती रोक्न सकिएला” एक स्थानीयले बताए । उपरिक्षक काफ्लेका अनुसार नम्बरी भन्दा ऐलानी जग्गामा बढी गाँजा खेती हुदै आएको पाइएको छ ।