सिन्धुली — सिन्धुलीमा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । शनिवार साँझ ७ः५० बजेको समयमा सिन्धुली जिल्लाको कमलामाई ननगरपालिका वडा नं.९ ईनारपानी स्थित मदन भण्डारी राजमार्गमा मा दुर्घटना भएको हो ।
भिमानबाट चन्दनपुर तर्फ जादै गरेको ना ४७ प ६४४ नं. को एफ जेट मोटरसाईकल अनियन्त्रित भईसडकको बाँया साईडको पिलरमा ठोक्किन गई दुर्घटना हुंदा मोटर साईकल चालक गम्भिर घाइते भई उपचारको लागि जिल्ला अस्पताल सिन्धुली तर्फ पठाएकोमा शनिवार राती ८ः२७ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ताा प्रमुख प्रहरी नायब उपरीक्षक अनिल कुमार खडकाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृत्यु हुनेमा जिल्ला महोत्तरी बर्दीबास नं.पा.२ हंङकङडाडा बस्ने बर्ष अं. २५ को नारायण श्रेष्ठरहेका छन् । यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।