सिन्धुली – राष्ट्रिय फोटो प्रत्रकार समूह सिन्धुलीको अध्यक्षमा उद्धव कुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ । सिन्धुलीमाढीमा बुधबार भएको प्रथम जिल्ला भेलाले उद्वव कुमार श्रेष्ठको अध्यक्ष्यतामा ११ सदस्यीय जिल्ला शाखा गठन गरेको हो ।
जिल्ला शाखाको उपाध्यक्षमा र बुद्ध नेपाली, सचिवमा राधिका बुढाथोकी, सहसचिवमा अशोक काफ्ले (जे.पि.टी) कोषाध्यक्षमा कुमार दुलाल, सदस्यहरूमा गंगा विसंखे, दिलिप कुमार श्रेष्ठ, बिमला रजन मगर, पुनम सुनुवार, राजकुमार श्रेष्ठ र आस्था विश्वकर्मा रहनु भएको छ ।
भेलालाई सम्बोधन गर्नुहुदै मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले अहिलेको समयमा फोटो र भिडियो विनाको पत्रकारीता नुन नहालेको तरकारी जस्तो हुने बताउनुभयो । उहाँले सिन्धुलीको सञ्चारमाध्यम र सञ्चारकर्मीहरूलाई सकेको सहयोग गरिएको बताउदै आगामी दिनमा पनि सिन्धुलीको पत्रकारीताको विकासमा सधै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कमलामाई नगरपालिका ६ नम्बर वडा अध्यक्ष उज्ज्वल कुमार थापाले आधुनिक प्रविधिका कारण पत्रकारीतामा धेरै सहजता ल्याए पनि केही विक्रिती बढाउदै लगेको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले जिल्लामा अहिले पत्रकारलाई सम्मान र पुरस्कृत गर्ने चलन गराउदै गएको बताउदै बर्षमा एक पटक राम्रो काम गर्ने पत्रकारलाई सम्मान गर्ने वातावरण बनाएमा काम गर्न हौसला मिल्ने बताउनुभयो ।
फोटो पत्रकार भेलामा नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष टिकाजंग थापा, प्रेस सन्टर नेपाल सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठ, प्रेस यूनियन सिन्धुलीका अध्यक्ष बरूण लामिछाने, राष्ट्रिय फोटो पत्रकार समुह बागमती प्रदेश निवर्तमान सदस्य तथा प्रेस चौतारी नेपाल सिन्धुलीका कोषाध्यक्ष बलवीर भुजेल लगायतको उपस्थिती रहेको थियो ।