मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

भगवती बाल क्लबले मनायो अन्तर्राष्ट्रिय बाल दिवस

बिहिवार , मंसिर ६, २०८१

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ मा रहेको भगवती अंग्रेजी आवासीय माध्यमिक विद्यालयले ७१औँ राष्ट्रिय बाल दिवस भव्यताका साथ मनाएको छ । “हरेक बालबालिकाका लागि बालअधिकार” मुल नाराका साथ विश्वभर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाले बालदिवस मनाइरहँदा सिन्धुलीको भगवती अंग्रेजी आवासीय माध्यमिक विद्यालय.अन्तर्गत वि.सं. २०६४ सालमा स्थापित भगवती बाल क्लबले प्रभात फेरी एवम् लोकतान्त्रिक चोकमा कोण सभा गरी बाल दिवस भव्यताका साथ मनाएको छ ।

बुधवार ७१औँ अन्तर्राष्ट्रिय बाल दिवस भगवती बाल क्लबको आयोजनामा बाल क्लबका अध्यक्ष रसिक काफ्लेको अध्यक्षतामा भव्य कार्यक्रमका साथ सम्पन्न भएको हो । बालबालिकाका प्रतिभाहरुलाई बिना रोकतोक उजागर गर्ने वातावरण घर होस् वा विद्यालय होस् वा अन्यत्र सार्वजनिक स्थल होस् सबै ठाउँमा बन्नुपर्ने धारणा राख्दै अध्यक्ष काफ्लेले विद्यालयका सबै तहका विद्यार्थी भाइबहिनीहरुको प्रतिभालाई उजागर गर्ने गरी यो भव्य कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा विद्यालयका संस्थापक एवम् प्रधानाध्यापक कृष्ण कुमार उप्रेतीले आफ्नो विद्यालयमा संस्कार र सिर्जनशीलता दुवै मुख्य रहेको र सो अनुरुप भविष्यका कर्णधार विद्यार्थीहरुलाई सहजीकरण गरिने बताउँदै बालदिवसको अवसरमा भगवती बाल क्लबले भव्य र सभ्य कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

बाल क्लबका सबै पदाधिकारीहरुले कार्यक्रमलाई चुस्तदुरुस्त र मर्यादित बनाउन स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए भने क्लबका सचिव अभिजित मण्डल र सदस्य अन्विश दाहालले कार्यक्रममा आफ्नो सारगर्वित मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया