शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा भालुले मान्छे मार्यो

शनिवार , मंसिर १, २०८१

सिन्धुली – सिन्धुलीमा शुक्रबार भालुको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । जिल्लाको मरिण गाउँपालिका १ नम्बर वडास्थित कार्तिकेको सिम्ले खोल्सीमा भालुको आक्रमणबाट एकजना वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनिल खड्काले जानकारी दिनुभयो ।

बिहिवार देखी हराएको बाख्रा खोज्न शुक्रवार बिहान १०ः०० बजेको समयमा ७२ वर्षिय गोपिलाल घिसिङसहित ७/८ जनाको टोली हराएको बाख्रा खोज्न जंगल पस्दा घिसिङलाई भालुले आक्रमण गरेको नायब उपरीक्षक खड्काले बताउनुभयो । नायब उपरीक्षक खड्काले भन्नुभयो, “आफ्नो घरदेखि अन्दाजी एक किलोमिटर उत्तर तर्फ रहेको सिम्ले खोल्सीमा छिमेकिको बाख्रा जंगली भालुले लगेकोले घिसिङ सहित ७÷८ जनाको टोली बाखा खोजिरहेका थिए । एक्कासी भालुले आक्रमण गर्दा घिसिङको घट्नास्थलमै मृत्यु भएको हो ।”

घिसिङलाई जंगली भालुले आक्रमण गरी गर्धनको हड्डि र हातको नाडि भाचिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता नायब उपरीक्षक खड्काले जानकारी दिनुभयो । शवको पोष्टमार्टम गरी आफन्तले बुझिसकेको नायब उपरीक्षक खड्काले बताउनुभयो । मान्छे मार्ने भालुलाई नियन्त्रणमा लिईनसकेको मरिण गाउँपालिकाको अध्यक्ष विमर्श मुक्तानले ‘प्रख्यात’ जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सामुदायिक वन तथा आसपासका क्षेत्रहरुमा एक्लै नहिँड्न तथा हिँड्नु परेमा सावधानी अपनाइ हिँडडुल गर्न अनुरोध गर्दछु ।”

सम्बन्धित विषय:

प्रतिक्रिया