मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

सिन्धुलीमा प्रयोगविहिने रगंशाला संचालनमा ल्याइने

सोमवार , कार्तिक २६, २०८१

सिन्धुली – सिन्धुलीमा प्रयोगविहिन रहेको रगंशाला संचालनमा ल्याउने तयारी भएको छ । प्रदेश सरकारको १३ करोड ४३ लाख ५८ हजार ३९७ रुपैयाँ लागतमा निर्माण भएको कालिमाटी रंगशाला प्रयोगविहिन अवस्थामा रहेको थियो । कमलामाई नगरपालिका ५ कालिमाटीमा ढेड वर्ष अगाडिनै निर्माण सम्पन्न भएको रंगशाला पछिल्लो समय लागुऔषध प्रयोगकर्ताको अखडा बनेको थियो । एकपटक नै प्रयोगमा नआई रगंशाला कुरुप बन्दै गएपछि जनप्रतिनिधि, स्थानीय र सरोकारवाला निकायले चासो देखाएका हुन् ।

आइतबार रगंशाला सरसरफाई गरिएको थियो । कमलामाई नगरपालिका ४ का वडाध्यक्ष महेन्द्र प्रसाद ढकालको अगुवाइमा स्थानूय, प्रहरी र सशस्त्र प्रहरीले रगंशाला सरसरफाई गरेका हुन् । वडाध्यक्ष ढकालले भन्नुभयो, “सुविधा सम्पन्न रगंशाला प्रयोगमा ल्याउनमा हामीले आज सरसरफाई गरेका छौँ । यहाँ राष्ट्रिय स्तरको खेल खेलाउने तयारी गर्ने छौँ । रगंशालाको घेराबेरा साथै अन्य काम बाकीँ छ । पुर्ण रुपमा रगंशाला निर्माण नभएकाले प्रयोगविहिन भएको थियो । प्रदेश सरकारलाई रगंशाला निर्माणको लागि ध्यानार्कषण समेत गराउने छौँ । छिटै नै रगंशाला संचालनमा ल्याउने छौँ ।” हाल स्थानिय युवाहरुलाई रगंशालामा खेल्न सहज होस् भन्ने उदेश्यल सरसरफाई गरेको अध्यक्ष ढकालले बताउनुभयो ।

स्थानीयले पनि रगंशाला संचालनमा ल्याउनका लागि चासो देखाएका छन् । रगंशालामा निर्माण भएको संरचना भित्र लागुऔषध खाने र अनैतिक क्रियाकला हुने गरेको भन्दै स्थानिय शंकर विशंंकेले रंगशाला संचालनमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको भौतिक संरचना तपाइले पनि देख्नुभयो सबै फुटाएका छन् । लागुऔषध खाने गरेको पनि भेटियो यसले गर्दा हामीलाई यहाँ बस्न पनि डर भयो । करोडौँ लगानीमा निर्माण भएको रगंशाला कुरुप बन्दै छ । यसलाई संचालनमा ल्याउन सके खेलाडी उत्पादन साथै सिन्धुलीकै विकास हुने थियो ।” उहाँ पनि रगंशालामा घासँ फाड्दै हुनुहुन्थ्यो । रगंशाला संचालनमा ल्याउन स्थानियलाई जिम्मेवारी दिनुपर्ने बताउनुभयो । “रगंशालाको संरक्षण गर्ने कोहि छैनन् । हामीलाई जिम्मा दिए हामीले रगंशालाको संरक्षण गर्ने थियौँ । यहाँका स्थानिय युवालाई खेल्न मिल्ने सम्म बनाउने थियौँ ,” उहाँले भन्नुभयो ।

ढेड वर्ष देखि प्रयोगविहिन रहेको रगंशाला संचालनमा ल्याउने तयारी भएको भन्दै स्थानिय युवा हर्षित भएका छन् । रगंशाला सरसरफाई पछि फुटबल खेल्न सहज हुने स्थानिय युवा सफल रम्तेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले खेल्दा ढुगांमा ठोकिने लगाएतका समस्या हुन्थ्यो । यति सरसरफाई गर्दा पनि हामीलाई सहज भएको छ । दैनिक हामी यहाँ खेल्न आउँछौँ ।” रगंशाला संचालनमा ल्याउन सबै निकायले चासो देखाउनुपर्ने स्थानियले बताएका छन् ।

कालिमाटी रंगशाला तामाङ मरिण कन्ट्रक्सनसँग निर्माणका लागि सम्झौता भएको थियो । रंगशालाको दर्शक क्षमता एक हजार पाँच सय छ । रगंशाला एक सय मिटर लम्बाइ र ६० मिटर चौडाइको छ । पार्किङ, चेन्जिङ रुम, शौचालय, खेल मैदान, अफिसियल रुम, मिटिङ हल लगायतका सुविधा सहितको रंगशाला निर्माण भएको छ ।

प्रतिक्रिया