मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

ऐतिहासिक सिन्धुलीगढीको २५७ औं बिजय उत्सव मनाइयो

आइतवार , कार्तिक २५, २०८१

सिन्धुली, २५ कार्तिक – सिन्धुलीको ऐतिहासिक सिन्धुलीगढीमा २५७ औँ सिन्धुलीगढी विजय उत्सव मनाइएको छ । कमलामाई नगरपालिकाको आयोजनामा कमलामाई नगरपालिका ३ मा रहेको सिन्धुलीगढीमा विजयी उत्सव मनाइएको हो ।

सिन्धुलीगढीको ठूलो गढीमा कमलामाई नगरपालिका प्रमुख उपेन्द्रकुमार पोखरेलले नेपालको राष्ट्रिय झन्डा फहराएर विजयी उत्सव मनाइएको हो । नेपाल पत्रकार महासंघले २०६७ सालदेखि सुरु गरि प्रत्येक वर्ष कार्तिक २४ गते विजयी उत्सव मनाइदै आएको छ । नेपाल एकिकरणका बेला आधुनिक हतियारले सुसज्जित अंग्रेज फौजलाई हराएर बिरासत बोकेको सिन्धुलीगढीको बिजय उत्सवलाई स्थानीय तह कायम भइसकेपछि कमलामाई नगरपालिकाले निरन्तर रुपमा विजयी उत्सव मनाउदै आएको छ ।

सिन्धुलीगढीको ठूलोगढी किल्लामा हरेक वर्ष झै यस वर्ष पनि गढीको ऐतिहासिक महत्वको बारेमा चर्चा गरिएको छ । एकिकरण अभियानको मार्ग प्रशस्त गर्न सफल भएको घटनाकोे स्मृती र सम्मान गर्ने उद्धेश्यले सिन्धुलीगढी विजय उत्सव मनाईदै आए पनि पर्यटन प्रर्वद्धन बढाउन सरोकारवालाबाट प्रचार प्रसारको खाचो औंल्याएको छन ।

२५७ औं विजय उत्सव मनाईरहदा कार्यक्रममा केही भौतिक संरचनाको निर्माण सँगै पुनः निर्माणका काम भएका भए पनि आन्तरिक तथा बाह्य पर्यटक भित्रियाउन अझ प्रचार प्रसारको खाचो औल्याएको हो । कार्यक्रममा आजदिनमा औपचारिक कार्यक्रम मात्र गर्नु भन्दा ऐतिहासिक सिन्धुलीगढीलाई चिनाउने खालका कार्यक्रम गर्नुपर्नेमा जोड दिइएको छ । इतिहास झल्कने गरी गरिने कार्यक्रमले पर्यटन प्रर्वद्धन गर्न सकिने सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको भनाई छ ।

पत्रकार महासंघ सिन्धुलीले २०६७ साल बाट कात्तिक २४ गते विजय उत्सव मनाउन शुरु गरे सँगै गढीको मुहार फेरिएकामा कार्यक्रममा सहभागी स्थानियले भने प्रशंसा गरकाछन् । सदरमुकाम सिन्धुलीमाढीमा सारे सँगै गढी कुरुप बनेको स्मरण गर्दै अब अन्य अति आवस्यक खानेपानी, होटल, बस्ने ठाँउ लगायतका पुर्वाधारको विकास गर्नु पर्ने स्थानिय केदार प्रसाद चौलागाईले बताउनुभयो । कार्यक्रममा उपस्थीत स्थानिय भिमप्रसाद आचार्यले राष्ट्रको गौरव गाथा बोकेको सिन्धुलीगढी सेनाको सुरक्षामा रहे अझ राम्रो हुने तर्क गर्नुभयो ।

देश संघिय संरचनामा गए सँगै कमलामाई नगरपालिका मातहत रहेको सिन्धुलीगढीमा हरेक बर्ष विजय उत्सव कार्यक्रम भने भईरहेको छ । तर यस वर्ष विजय उत्सव कार्यक्रममा सहभागी हुने सर्वसाधारणको उपस्थती भने कमै पाएको स्थानिय शिक्षक रविन चौलागाईले बताउनुभयो ।

यता नगरपालिकाले भने प्रकिति बिपदका कारण राष्ट्रिय उत्सवको रुपमा गढीको विजय उत्सव मनाउन नसकिएको जनाएको छ । विविध कार्यक्रम सहित विजय उत्सव मनाउने कार्यक्रम नगरपालिकाको प्राथमिकतामा रहे पनि यस वर्ष बाढी पहिरोले जिल्लाका सर्वसाधारणमा ठूलो क्षती भएकाले सामान्य रुपमा कार्यक्रम गरिएको कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख उपेन्द्र कुमार पोखरेलले बताउनुभयो । गढीको महत्व बढाउन र थप प्रचार प्रसारका लागि अझै खोज अनुसन्धानको खाचो रहेको उहाँको भनाई छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्मा, नगर उपप्रमुख मन्जु देवकोटा, पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष टिकाजंग थापा लगायत वंशु गुरुंगका सन्तती समेतले गढीको महत्व र पुर्खाको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।

एकिकरणका बेला वि. सं. १८२४ मा काठमाडौँ कब्जा गर्ने उद्धेश्यले आएको इष्ट इण्डिया कम्पनीको कप्तान किनलकको नेतृत्वकोे सेनाको फौजलाई गोर्खाली सेनाको फौजले हराएको बिरासत सिन्धुलीगढीले बोकेको छ । किनलकको नेतृत्वमा आधुनिक हतियार सहित आएका अंग्रेज फौजलाई वंशु गुरुङको नेतृत्वमा रहेको गोर्खाली फौजले घरेलु हतियार बाटै परास्त गरेको इतिहास छ ।

प्रतिक्रिया