मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

ऐतिहासिक सिन्धुलीगढीको २५७ औं बिजय उत्सव मनाईदै

शनिवार , कार्तिक २४, २०८१

सिन्धुली,२४ कार्तिक – -नेपाल एकिकरण अभियानमा गोर्खाली फौजले सिन्धुलीगढीको युद्धबाट अंग्रेज फौजलाई पराजित गरेको शनिबार २५७ वर्ष पुगेको छ । विक्रम संवत् १८२४ मा अंग्रेजलाई हराएर ब्रिटिस् साम्राज्यको पञ्जामा पर्नबाट वीर नेपालीले वीरतापूर्वक परास्त गरेको सम्झनामा हरेक वर्ष कात्तिक २४ गते सिन्धुलीवासीले विजयउत्सव मनाउने गरेका छन् ।

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले २०६७ साल बाट कात्तिक २४ गते शुरु गरेको विजय उत्सव मनाउने अभियान अहिले कमलामाई नगरपालिकाले गर्दै आएको छ । नगरपालिकाले आयोजना गर्ने कार्यक्रममा सिन्धुलीगढीको ठूलोगढी किल्लामा झण्डोत्तोलन गर्ने लगायत गढीको ऐतिहासिक महत्वको बारेमा चर्चा गरिने गरिएको छ ।

एकिकरणका बेला वि. सं. १८२४ मा कप्तान किनलकको नेतृत्वमा आधुनिक हतियार सहित आएका अंग्रेज फौजलाई वंशु गुरुङको नेतृत्वमा रहेको गोर्खाली फौजले घरेलु हतियार बाटै परास्त गरेको इतिहास छ । काठमाण्डौ कब्जा गर्ने उद्धेश्यले आएको इष्ट इण्डिया कम्पनीको किनलक नेतृत्वको सेनाको फौजलाई गोर्खाली सेनाको फौजले हराएको बिरासत सिन्धुलीगढीले बोकेको छ ।

प्रतिक्रिया