मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

सिन्धुलीका डा. आचार्य राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा सिफारिस

मंगलवार , कार्तिक २०, २०८१

काठमाडौं,२० कार्तिक– राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. सुरेश आचार्य नियुक्तिका लागि सिफारिस हुनु भएको छ । यस्तै, आयोगको आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीको नाम नियुक्तिका लागि सिफारिस भएको छ ।

डा. आचार्य नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुनुहुन्छ भने विष्ट प्रेस चौतारी नेपालको पूर्वअध्यक्ष हुनुहुन्छ । अर्का सदस्य भण्डारी यसअघि प्रेस काउन्सिल नेपालको सदस्य हुनुहुन्थ्यो ।

राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त र आयुक्तको सिफारिस गर्न सभामुखको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधिमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहने कानुनी व्यवस्था छ ।

यही व्यवस्था अनुसार सिफारिस समितिले उनीहरुको नाम प्रस्ताव गरेको हो । जसलाई मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रधानमन्त्रीले पद तथा गोपनीयताको सपथ खुवाउने कानुनी व्यवस्था छ ।

नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारीले प्रमुख आयुक्त र आयुक्तको सिफारिस भएको पुष्टि गर्नुभयो ।

प्रतिक्रिया