मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

सिन्धुलीमा राती १० बजे सम्म मात्रै देउसी भैलो खेल्न पाइने

बुधवार , कार्तिक १४, २०८१

सिन्धुली, १४ कार्तिक – सिन्धुलीमा राती १० बजे सम्म मात्रै देउसी भैलो खेल्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपाली हरुको दोस्रो महान चाड शुभ दिपावलीको अवसरमा जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले शुभ दिपावली तथा छठ पर्वको अवसरमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्दै सुरक्षाका दृष्टिकोणले बिभिन्न निर्णय गरेको छ । तिहारमा खेलिने देउसी भैलो, नाचगान लगायत सांस्कृतिक कार्यक्रम गर्दा मर्यादित तरिकाले रातीको १० बजेसम्म मात्रै गर्न कार्यालयले आग्रह गरेको छ । चाडपर्वहरु खुशीयालीका साथ मनाउन आग्रह गर्दै दियो, मैनबत्ती एवम् बिद्युतीय उपकरणहरु बाल्दा सावधानी अपनाउन समेत भनिएको छ ।

त्यस्तै कानून विपरित जुवातास, लङगुरबुर्जा, खेल्ने खेलाउने, कार्य नगर्न, भुँइचम्पा, पटका, आतसबाजी, जस्ता बिस्फोटक पदार्थ ओसारपसार, विक्री वितरण तथा प्रयोग नगर्न समेत प्रशासनले आग्रह गरेको छ । साथै कार्यालयले गरेको निर्णय विपरित कार्य गरेमा कानून बमोजिमको कार्वाहि गरिने जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया