शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कौडासहित सिन्धुलीका राजन दाहाल पक्राउ

शनिवार , कार्तिक १०, २०८१

सिन्धुली– कौडा खेलिरहेको अवस्थामा सिन्धुली प्रहरीले दुधौली नगरपालिका ७ का वडाध्यक्ष सहित ८ जनालाई पक्राउ गरेको छ । शुक्रबार राती साढे १२ बजेको समयमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले वडाअध्यक्ष राजन दाहाल सहित ८ जनालाई पक्राउ गरेको हो ।

कटहरेका राजेन्द्र थापाको काठले बनेको दुई तले खाली घरमा कौडा, जुवातास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी पुगेको थियो । ४३ हजार १ सय ७० रुपैया नगद सहित १६ थान कौडा प्रहरीले बरामद गरेको थियो । उनीहरुको साथबाट मोबाइल, मोटरसाइकल लगाएतको सामान समेत प्रहरीले बरामद गरेको स्थानियले जानकारी दिएका छन् । वडाध्यक्ष सहित ८ जनालाई पक्राउ गरि इलाका प्रहरी कार्यालय डकाहमा ल्याएको छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक एसपी गोबिन्दराज काफ्लेले बताउनुभयो ।

राजन दाहाल नेपाली काग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । दाहालले २०७९ को चुनावमा नेकपा एमालेका टेक बहादुर कार्कीभन्दा ३५ मत बढि ल्याएर दाहाल वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया