सिन्धुलीमा प्रहरीले अवैध सामान बरामद गरेको छ । जिल्लामा प्रहरीले सवारी चेकजाँचको क्रममा २६ लाख बढीको अवैध सामान बरामद गरेको हो । मंगलबार गोलन्जोर गाउँपालिका वडा नं. ७ खुर्कोट चेकपोष्टमा सवारी चेकजाँच गर्ने क्रममा विल नभएको खाद्यन्नको सामान प्रहरीले फेला पारेको थियो । सिन्धुलीबाट रामेछाप तर्फ जादै गरेको ना.७ ख. ७३५७ नम्बरको ट्रक चेकजाँच गर्दा विलबिजक नभएको खाद्यन्नको सामान फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक ‐एसपी) गोबिन्दराज काफ्लेले बताउनुभयो । अवैध रुपमा ल्याएको महालक्ष्मी उद्योग लेखिएको १ लाख ३३ हजार रुपैयाको ५० केजी चिनी ३८ बोरा फेला परेको थियो । यस्तै, राजहंस लेखिएको ७३ हजार रुपैयाँको ५० चिनी २१ बोरा, सल्फररहित ह्वाइट क्रिस्टल चिनी ३ हजार पाँच सय रुपैयाँको ५० केजीको एक बोरा, बिबेक भुजा (मुराई) ४९ हजार रुपैयाँको ७ केजीको एक सय बोरा, विबेक भुजा (मुराई) ८४ हजार ४२० रुपैयाको नौ केजि बोराको १३८ बोरा र बिबेक भुजा मिल सेतो रङको ६६ हजार ६४० रुपैयाँको ७ केजिको ११९ बोरा बरामद गरेको प्रहरीले जानकारी दिएको छ । २० लाख बराबरको ६ चक्के ट्रक सहित २४ लाख ९ हजार पाँच सय ६० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइ आवश्यक कारबाहिको लागि भन्सार कार्यालय जनकपुर पठाएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, मंगलबार कमलामाई नगरपालिका ६ माझिटार चेकपोष्ट स्थित बि.पि.राजमार्गमा सवारी चेकजाच गर्नेक्रममा प्रहरीले अबैध सामान बरामद गरेको छ । लाहानबाट काठमाण्डौ तर्फ जादै गरेको बा.४.ख ५८०६ नम्बरको बसको छतमा बोरामा लुकाई छिपाई ल्याएको बिल नभएको सामान प्रहरीले बरामद गरेको एसपी काफ्लेले बताउनुभयो । अवैध रुपमा ल्याएको ४० हजार ८ सय रुपैयाँको अफजलमिन्ट टोवाको पान मसला २४ के.जि, २१ हजार २५० रुपैयाँको अफजल लेमन मिन्ट टोवाको पान मसला १२.५ के.जि. प्रहरीले बरामद गरेको हो । यस्तै, २१ हजार २५० रुपैयाँको अफजल आहस मिन्ट पानमसला १२.५ के.जि, ४० हजार ८ सयको अफजल डवलएप्पल टोवाको पान मसला २४ के.जि, ८५ हजार रुपैयाको अफजल मिन्ट टोवाको पान मसला ५० के.जि, २१ हजार २५० रुपैयाको अफजल ब्लुबेरी मिन्ट पान मसला १२.५ के.जि. बरामद गरेको प्रहरीले जानकारी दिएको छ । जम्मा दुइ लाख चार हजार नौ सय बिस रुपैया बराबरको सामान प्रहरीले बरामद गरेको हो । बरामद भएका अवैध सामान आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालय,धनुषा पठाइएको छ ।