मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

खुर्कोटको पुल उदघाटन भएसँगै संचालनमा आयो

मंगलवार , कार्तिक ६, २०८१

सिन्धुली – रामेछाप र सिन्धुलीलाई जोड्ने खुर्कोटको बेलिब्रिज निर्माण सकिए संगै मंगलबार(आज) शुभारम्भ गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, ऊर्जा जलस्रोत तथा सिचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) ले बेलिब्रिज पुलको उदघाटन गरे पछि पुल सञ्चालनमा आएको हो ।

बेलिब्रिज उदघाटन भएसँगै सपारी चल्न थालेको सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले जानकारी दिनुभया । गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण खुर्कोटको पुल सुनकोशी नदीमा आएको बाढीले रामेछाप पटीको भाग बगाएको थियो । बाढीले खुर्कोटको पुल बगाउँदा रामेछाप आवतजावत गर्न वैकल्पिक सडक दोलखा हुँदै र सित्खा पुल पार गरेर कष्टकर यात्रा गर्नु परेको थियो । बेलिब्रिज पुल एकतर्फी सञ्चालन हुनेछ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ को बेतिनी जोड्ने करिब १८ करोडको लागतमा १० वर्षअघि बनेको सुनकोशीको १०० मिटर लम्बाइ रहेको पुल बाढीले ५१ मिटर बगाएको थियो । रामेछाप, दोलखा, सोलुखुम्बु र ओखलढंगङ्गाका केही भागलाई तराईसँग जोड्न बीपी राजमार्ग र मध्येपहाडी राजमार्गका लागि सुनकोसी नदीको पुलले सहज पार्दै आएको छ ।

प्रतिक्रिया