सिन्धुली – सिन्धुलीमा डेंगु संक्रमितको संख्या १४७ जना पुगेको छ । जिल्लामा शुक्रवार थप ३ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या १४७ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
सिन्धुलीमा शुक्रबार थप ३÷३ जनामा डेंगु र स्क्रब टाइफसको संक्रमण पुष्टि भएको हो । संक्रमण हुनेमा दुधौली नगरपालिका र तिनपाटन गाउँपालिकाका रहेका छन् ।
जनस्वास्थ्य कार्यालय सिन्धुलीका ल्याब टेक्नीशियन अधिकृत गंगाराम कार्कीका अनुसार दुधौली नगरपालिकाका थप एक महिला र एक पुरुषमा डेंगु संक्रमण पुष्टि भएको हो । तिनपाटन गाउँपालिकाका थप एक महिलामा पनि डेगुं संक्रमण पुष्टि भएको छ ।
यस्तै शुक्रबार दुधौली नगरपालिकाका थप दुई महिला र एक पुरुषमा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा स्क्रब टाइफसको संक्रमण हुनेको संख्या १३१ पुगेको उहाँले जानकारी दिनुभयो । डेंगु र स्क्रब टाइफसको संक्रमण सबै भन्दा बढी दुधौली नगरपालिकामा देखिएको छ ।