मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

सिन्धुलीका विपद् प्रभावित स्थानीय तहलाई २ करोड ५० लाख राहत उपलब्ध हुने

शनिवार , कार्तिक ३, २०८१

काठमाडौँ, – विपद् प्रभावित सिन्धुलीका चार स्थानीय तहहरुलाई क्षतिका आधारमा तिन वर्गमा वर्गीकरण गरी राहत उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।

असोज १० देखि १३ गतेसम्मको भारी वर्षापछिको बाढीपहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन असोज २१ गते घोषणा गरिएका सिन्धुलीका चार स्थानीय तहलाई क्षतिका आधारमा सिफारिस भई आए बमोजिम प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषबाट क्रमशः अति प्रभावितलाई रु एक करोड, प्रभावितलाई रु ७५ लाख र सामान्य प्रभावितलाई रु ५० लाख विपद् व्यवस्थापन कोषमार्फत् उपलब्ध गराउने निर्णय गरिएको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

सिन्धुलीका प्रभावित गाउँपालिकामा,गोलञ्जोर र सुनकोशी गाउँपालिकालाई रु ७५ लाख दिइने भएको छ । यसैगरी सिन्धुलीको सामान्य प्रभावित पालिकामा फिक्कल र हरिहरपुर गाउँपालिकालाई रु ५० लाखका दरले राहत उपलब्ध गराउने निर्णय भएको सञ्चार मन्त्री गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया