मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

भोलि बिहान १० बजेबाट बिपि राजमार्ग सञ्चालनमा आउने

बिहिवार , आश्विन २४, २०८१

काठमाडौं ,२४ असोज – भोलि बिहान १० बजेबाट बिपि राजमार्ग सञ्चालनमा आउने भएको छ । बिगत १५ दिन अघि आएको भिषण पानीले आएको बाढि र पहिरोको कारण बिपि राजमार्गको रोशी खोला स्थित २.५ किलोमिटर सडक अबरुद्व रहेको थियो ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिवको नेतृत्वमा बाटो खुलाउने काम गरिरहेको टोलिले आज राति र भोलि बिहान सम्म बाँकी रहेको तिन ठाँउको अबरोध हटाएर बिहान १० बजे बाट यातायात सञ्चालन हुने प्रधानमन्त्री के पी शर्मा ओलीले आफ्नो सामाजिकसञ्जाल मार्फत जानकारी दिनु भएको छ ।

“बीपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनु भएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो । उहाँ सडक मर्मत गर्ने प्राविधिक टोली सहित रोशी गाउँपालिका – ९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ । उहाँका अनुसार भोलि बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने छ । आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ । भोलि राजमार्ग खुलेपछि मात्र दशैं मान्ने बताउनु भयो । सडक खुलाउन अहोरात्र लाग्नु भएका प्राविधिक सहित सम्पूर्ण टिमलाई धन्यवाद !”

उहाँले पुर्वाधार सचिवले बाटो खुलाएर मात्र दसै मनाउने पनि बताउनुभएको छ ।

प्रतिक्रिया