मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

बीपी राजमार्गमा एक हप्ताभित्रै गाडी चल्छन् : गृहमन्त्री

मंगलवार , आश्विन २२, २०८१

सिन्धुली – गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र डाइभर्सनसहित विपद्का कारण अवरुद्ध बीपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुने बताउनुभएको छ ।

बाढी, पहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकनका क्रममा मंगलबार बिहान सिन्धुलीको खुर्कोट प्रभावित क्षेत्रको निरीक्षणपछि आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले अतिभारी वर्षाका कारण आएको बिपदबाट सबैभन्दा बढी क्षति भएको बीपी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेना लागिरहेको बताउनुभयो ।

विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागिपरेको बताउँदै गृहमन्त्री लेखकले जतिसक्दो चाँडो यो समस्याबाट पार पाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री लेखकले पालिकाहरूलाई तत्काल लाभग्राही विवरण पठाउनसमेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया