बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

विपद प्रभावितको पुनःस्थापनाका लागि सबैले सहयोग गरौँः थापा

बुधवार , आश्विन १६, २०८१

सिन्धुली – नेकपा एमाले सिन्धुलीका जिल्ला इन्चार्ज मनोजजंग थापाले बाढी पहिरो प्रभावितलाई राहत तथा पुनःस्थापनाका लागि सबैले मिलेर सहयोग गर्नुपर्ने बताउनुभएका छ । उहाँले विपदको समयमा हातेमालो गरेर राहत तथा पुनःस्थापनका लागि जुट्नु पर्ने समय रहेको बताउनुभएको छ ।

उहाँ अविरल वर्षाले सिन्धुलीमा मानवीय र भौतिक क्षेती राहतको लागि सरकारसँग छलफल गरिरहनुभएको छ । तीनै तहको सरकारसँग छलफल गरि सिन्धुलीको बाढी प्रभावितलाई तत्काल राहत तथा पुनःस्थापनाको काम गरिने उहाँ बताउनुभयो । उहाँले भन्नु भयो, “तीनै तहको सरकारसँग छलफल गरिरहेको छु । तत्काल प्रभावित नागरिकलाई राहत उपलब्ध गराइनेछ । हाम्रा सम्पूर्ण कार्यकता विपद प्रभावित नागरिकको उद्धार र राहतमा लागि सकेका छन् ।”

थापा स्वयम विपत प्रभाबितक्षेत्र सम्म पुग्न नसकेपनि केन्द्रमा बसेर राहत र पुनःस्थापनाका लागि समन्वय गरिरहनुभएको छ । उहाँले तीनै तहका सरकारसँग प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन पहल गर्नुभएको छ । उहाँल् भन्नुभयो, “सिन्धुलीमा बाढी पहिरोले कति क्षेती ग¥यो भनेर तथ्यांक संकलन भइरहेको छ । प्रभावित नागरिकलाई तत्काल राहत वितरण गर्ने काम भइरहेको छ । हामीले छलफल गरि आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत छु ।”

विपद प्रभावितको पुनःस्थापना साथै राहत वितरण कार्यमा राजनितिकरण नगर्न पनि उहाँले आग्रह गर्नुभयो । हाल आलोचना आरोपप्रत्यारोप होइन होसियारिका साथ आवश्यक उद्धार र राहत कार्यमा सबैले सहयोग गर्न उहाँले अनुरोध समेत गर्नुभयो । थापाले विपि राजमार्ग अस्थायी रुपमा संचालनका लागि सडक कार्यालयलाई पहल गरिरहनुभएको छ । “पानी परेन भने दशैँ अगाडि नै विपि राजमार्ग अस्थायी रुपमा संचालन हुनेछ । यसको लागि छलफल गरिरहेको छु । राहत तथा पुनःस्थापना सम्बन्धी काम निरन्तर हुनेछ । सबै मिलेर विपदको सामना गरौँ ।” उहाँले भन्नुभयो ।

प्रतिक्रिया