बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

बाढीपहिरो प्रभावित नागरिकको साथमा सासंद भुजेल

मंगलवार , आश्विन १५, २०८१

सिन्धुली – बागमती प्रदेश सभा सदस्य सुस्पा भुजेल यतिबेला गृह जिल्ला सिन्धुली हुनुहुन्छ । अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित जिल्लाका नागरिकको उद्धार तथा राहतमा उहाँ व्यस्त हुनुहुन्छ । शनिबार भुजेल गोलन्जोर गाउँपालिका ७ खुर्कोट बजार पुग्नभएको थियो । सुनकोशी नदिले खुर्कोट र मुल्कोट बजार डुवानमा परेपछि उहाँ सुरक्षानिकायसँगै नागरिकको उद्धारका लागि घटनास्थलमै पुग्नु भएको हो । प्रभावित नागरिकलाई प्रत्यक्ष भेटेर उहाँले सुरक्षितस्थानमा स्थान्तरणका लागि सहयोग गर्नुभयो । प्रभावित नागरिकको समस्या सुन्दै समाधानका लागि सम्बन्धी निकायसँग पहल गरिरहनुभएको छ ।

खुर्कोटबजारका एक स्थानियले भने, “शनिबार विहान बजार डुवान भयो । मानवीय क्षेती हुनपाएन । सबैले भागेर आफ्नो ज्यान जोगाएपनि घरबाट केहि सामान निकाल्न सकेनन् । भौतिक क्षेती धेरै भयो । शनिबार दिउँसो नै माननीय सुस्पा भुजेल यहाँ आइपुग्नुभएको थियो ।आवश्यक सहयोग गर्ने प्रतिवद्धता सहित उहाँले हामीलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभयो ।” घटनास्थलमै पुगेर सासंद भुजेलले प्रभावित नागरिकलाई आवश्यक सहयोग गरिरहेको गोलन्जोर गाउँपालिका ७ खुर्कोटका मानबहादु श्रेष्ठले बताउनुभयो । उहाँभन्नुहुन्छ, “जनप्रतिनिधि भनेको यस्तो हुनुपर्छ, नागरिकलाई समस्या परेको समयमा साथ सहयोग दिन सक्ने । माननीय भुजेलले ग्वालटारका प्रभावित समुदायलाई सुरक्षित स्थानमा स्थान्तरणको लागि वडा लगाएत पालिकाको जनप्रतिनिधिसँग समन्वय गर्नुभएको थियो ।

प्रभावित व्यक्तिलाई कौशीका माध्यमिक विद्यालयमा राखिएको थियो ।” शनिबार देखि नै सांसद भुजेल निरन्तर बाढीपहिरो प्रभावित नागरिकको उद्धार र राहत कार्यमा लागिरहनुभएको छ । राजमार्ग संचालन देखि प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन तीनै तहको सरकारसँग छलफल गरिरहेको भुजेलले बताउनुभयो । उहाँ सोमबार खुर्कोट बजार क्षेत्रका प्रभावित घरहरु सरसरफाइमा खटिनुभएको छ । डोजर सहित सांसद भुजेल आफै घरभित्रको माटो निकाल्दै हुनुहुन्छ । सिन्धुलीमा बाढी पहिरो प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन पहल गर्ने सांसद भुजेलले बताउनुभएको छ ।

प्रतिक्रिया